• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभाव


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • तनहुँको सदरमुकामको दमौली अस्पतालमा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव छ । अस्पतालमा दरबन्दी अनुसार विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा यस क्षेत्रका बिरामी उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ ।

    Advertisement

    यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको छ । जिल्ला स्तरीय यस अस्पतालमा शय्या लगायत आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भएपनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

    दरबन्दी अनुसारको ४३ दशमलव ३३ प्रतिशत जनशक्ति मात्रै पूर्ति भएकोले बिरामीलाई सेवा प्रवाह गर्न समस्या परेको दमौली अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट(मेसु) डा. परिवर्तन बरालले बताउनुभयो । बरालले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप धेरै छ तर स्वीकृत दरबन्दी ३० भएपनि हाल पदपूर्ति १३ मात्रै भएकोले सेवा प्रवाह प्रभावित भएको छ ।” मेसु बरालका अनुसार बहिरङ्ग विभागमा मेडिकल अधिकृत दुई जनाको दरबन्दी भएपनि एक जना लामो अध्ययन बिदामा छन् भने तथ्याङ्क शाखामा मेडिकल रेकर्डर एक जना दरबन्दी रहेकोमा काजमा पोखरामा कार्यरत छन् ।

    यसैगरी, नर्सिङ शाखामा कार्यरत स्टाफ नर्स-अनमीको ६ जना दरबन्दी रहेकोमा तीन जना अध्ययन बिदामा रहेकोले हाल तीन जनामा मात्रै कार्यरत छन् । एक्स-रे शाखामा कार्यरत रेडियो ग्राफिक्स दुई जनाको दरबन्दी रहेकोमा एक जना असाधारण बिदामा छन् । ल्याब शाखामा रहेका ल्याब असिस्टेन्ट दुई जनामध्ये एक जना मात्रै कार्यरत छन् । कार्यालय सहायक ११ जनामा पदपूर्ति १ जनाको मात्रै भएको छ । ७२ किलो मिटर लामो पृथ्वीराजमार्ग अन्य सहायक मार्गहरू हुने दुर्घटनामा घाइतेहरूको तत्काल उपचारको लागि जीवन बचाउन, दुर्घटना बाहेक अन्य स्वास्थ्योपचार भरपर्दो बनाउन र पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिबाट भरपर्दो सेवा प्रवाह गर्न, हरेक वर्ष डेङ्गुको प्रकोप देखिएको हुँदा भरपर्दो उपचार सेवाको लागि अस्पतालको स्तरोन्नति आवश्यक रहेको डा. बराल बताउनुहुन्छ ।

    १५ शय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले प्रदेश तथा सङ्घ सरकारको ध्यानाकर्षण गराइएको भएपनि माग पुरा नभएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । बिरामीको चाप अत्यधिक रहेकोले १५ शय्याको अस्पताललाई आन्तरिक व्यवस्थापन गरी ५० शय्याको बनाइएको थापाले जानकारी दिनुभयो। विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई समेत सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन ।

    अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भएपनि त्यसले मूर्तरूप लिन नसकेको थापाको भनाइ छ । बढ्दो चापसँगै अस्पताललाई १०० शय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताउनुभयो । थापाका अनुसार अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ। विसं २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो ।

    अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधीकक्ष लगायतका सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

    अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलिसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । हाल तीन सय देखि ३५० जना दैनिक बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.