• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पत्रकारिता र देश दुवैतिर सुधार जरुरी : सभापति देउवा


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • नेपाली कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता र देश दुवै क्षेत्रमा धेरै काम गर्न बाँकी भएको औंल्याउनुभएको छ। सभापति देउवाले जिम्मेवार पत्रकारिता जरुरी भएकोमा जोड दिनुभयो।

    Advertisement

    “रचनात्मक र आलोचनात्मक पत्रकारिता जरुरी छ। पत्रकारिता र देश दुवै सुधारको दिशामा जानुपर्छ,” उहाँले भन्नुभयो। सभापति देउवाले पत्रकारिता क्षेत्रमा प्रचलित ‘नो न्युज इज गुड न्युज’ भन्ने पत्रकारिताको पुरानो भनाइलाई परिवर्तन गर्न र परिवेश अनुसार भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो।

    “नो न्युज इज गुड न्युज भन्ने भनाइ छ तर हामी त्यसो नगरौँ। रचनात्मक र आलोचनात्मक पत्रकारिता जरुरी छ। पत्रकारिता र देश दुवै सुधारको दिशामा जानुपर्छ,” सभापति देउवाले भन्नुभयो।

    सभापति देउवाले पोखराका उद्योगपति एवम् राजनीतिज्ञ सूर्यबहादुर केसीलाई सच्चा समाजसेवी एवम् देशप्रेमी व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो। बुधबार पोखरामा आयोजित नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य–प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो।

    प्राप्त गर्नेमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पत्रकार डा.सुरेश आचार्य, कास्की शाखाका पूर्वअध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्मा र कृष्णप्रसाद बास्तोला रहेका छन्। यो पुरस्कार पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा उहाँका परिवारबाट स्थापित भएको हो। समारोहमा नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले पुरस्कार प्रदान गर्नुभयो।

    महासंघले २०७७ को कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, २०७८ बाट माधव शर्मा र २०७९ बाट कृष्णप्रसाद बास्तोललाई सम्मान गरेको हो। पुरस्कार राशि एक लाख ११ हजार एक सय एघार रुपियाँ र सम्मानपत्र छ।

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले मिसन पत्रकारिता हुँदै व्याविसायिक हुने दिशामा अघि बढेको नेपाली पत्रकारितालाई अघि बढाउन ऐन चाँडै निर्माण हुनुपर्ने विचार राख्नुभयो। सामाजिक सञ्जाल र मूलधारका सञ्चार माध्यमबीच फरक हुनुपर्ने र कानुनले फरक रुपमा नियमन गर्नुपर्ने उहाँको प्रस्ताव छ।

    समारोहमा पुरस्कृत व्यक्तित्व माधव शर्मा र कृष्णप्रसाद बास्तोलाले नेपालको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरुबारे बोल्नुभयो।

    नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कार छनोट समिति २०७७ संयोजक पुण्य पौडेल, छनोट समिति २०७८ संयोजक वद्रीविनोद प्रतीक, महासङ्घ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल लगायतले बोल्नुभएको थियो।

    कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता क्षेत्रमा नियमन जरुरी देखिएको उल्लेख गर्दै प्रदेशले आमसञ्चार विधेयक आगामी अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता गर्नुभयो। गण्डकीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडाले पत्रकारितालाई व्यवस्थित र व्यावसायिक बनाउन ऐन, नियम निर्माण र कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नुपर्ने उल्लेख गर्नुभयो।

    यसअघि पत्रकार युवराज घिमिरे, नारायण कार्की, किशोर नेपाल र बद्रिविनोद प्रतीकलाई यो पुरस्कार प्रदान गरिएको थियो।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.