• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गुरुकुल शिक्षामा बढ्दो आकर्षण


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक ९विद्यार्थी०ले अध्ययन गर्दै आएका छन् ।

    Advertisement

    गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन् । “पिताजी मेघालयको कोइलाखादमा काम गर्न जानुभएको छ”, गुरुकुलको कक्षा ४ मा पढिरहनु भएका मिश्र भन्नुहुन्छ, “माताजी हाजिरा गरेर कमाउनुहुन्छ । आफ्नो खेतबारी केही छैन ।”

    नेपालको अर्जुनधारा धाममा राम्रो संस्कृत पढाई हुन्छ भन्ने सुनेर घर सल्लाहमै यहाँ आएको हुँ ।” उहाँले आसामको रङ्गियाबाटै एसइइ समकक्षताको औपचारिक शिक्षा पूरा गरिसकेर संस्कृत पढ्ने तीब्र चाहनाका कारण नेपाल आएको बताउनुभयो । भविष्यमा बनारस वा वृन्दाबन गएर आचार्य तहको पढाई पूरा गरेर धर्म, संस्कृति र समाजको सेवा गर्ने उहाँले आफ्नो लक्ष्य सुनाउनुभयो ।

    विगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र वृन्दावन जाने प्रचलन थियो । धरानको पिण्डेश्वरलगायतका केही नेपाली संस्कृत विद्यालयले मात्र संस्कृत पढ्न चाहनेको लहर धान्दैनथ्यो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराण लगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेका छन् ।

    विसं २०४० तिर आचार्य पुष्पलाल निरौलाले अर्जुनधारा धाममा गुरुकुलको स्थापना गर्नुभएको थियो । निरौलाले प्राचार्यका रुपमा आजीवन सेवा गर्नु भएको यस गुरुकुल संस्कृत पढ्न चाहनेका लागि झापाकै उत्कृष्ट गन्तव्यका रुपमा परिचित रहेको अर्जुनधारा जलेश्वर धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउनुहुन्छ । सरकारले कक्षा ५ सम्म अनुमति दिएको यो गुरुकुलमा अध्ययनका लागि वर्षेनी सयौं इच्छुकहरु टाढादेखि आउने गर्छन् । तर, सीमित स्रोत र साधन भएकाले ४५ जनालाई मात्र पठनपाठन गराउन सकिएको जोशीले बताउनुभयो । पढ्छौँ भन्दै आउने अरुलाई जिल्लाको अन्यत्र गुरुकुलमा सम्पर्क गराएर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

    “केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरुको संख्या बढिरहेको छ,” उहाँ भन्नुहुन्छ, “हामीसँग भएजति भवन, कक्षाकोठा र सुविधाले पढ्न इच्छुक सबै नयाँ विद्यार्थीलाई धान्न सक्दैन । जिल्लामा रहेका अरु गुरुकुलमा पठाउन बाध्य छौं ।” झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट मात्र नभएर ताप्लेजुङ, जनकपुर र वीरगञ्जदेखि बटुकहरु अध्ययनका लागि अर्जुनधारा आएका छन् । खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले विपन्न समुदायका अभिभावकहरुको रोजाई गुरुकुल हुने गरेको छ । संस्कृत भाषा र हिन्दू धर्मप्रति बढ्दो आकर्षणले समेत विद्यार्थीहरु गुरुकुल पुग्ने गरेको पाइएको छ ।

    कक्षा ४ मा अध्ययन गरिरहेका १४ वर्षीय सक्रिश निरौलाको घर मोरङको बेलबारी हो । उहाँका बुवा वैदेशिक रोजगारीमा जानु भएको छ । सानैदेखि धर्म, संस्कार र संस्कृत भाषाप्रति रुचि राखेको देखेर सक्रिशलाई आमाबुबाले नै अर्जुनधारा संस्कृत बेद विद्यापीठमा भर्ना गरिदिनु भयो । उहाँ अहिले यस गुरुकुलका मेधावी बटुकमा गनिनुहुन्छ । “सानैदेखि संस्कृत भाषाका मन्त्रहरु उच्चारण गर्न चाख लाग्थ्यो,” बटुक सक्रिश निरौलाले भन्नुभयो । भविष्यमा आचार्य (संस्कृत भाषामा स्नातकोत्तर तह) उत्तीर्ण भएर गुरुकुलको प्राचार्य बन्ने उहाँको सपना छ । व्यासासनमा बसेर पुराण सुनाउने पनि उहाँको रहर छ ।

    जगद्गुरुले पढेको गुरुकुल

    अर्जुनधारा संस्कृत वेद विद्यापीठ नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन गरेको गुरुकुल हो । उहाँले संस्कृतको प्रारम्भिक शिक्षा यही गुरुकुलमा बसेर लिनुभएको धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउनुहन्छ । झापाको हडिया बुधवारेमा २०३३ सालमा जन्मनु भएका देवाचार्य आठ वर्षको उमेरमा अर्जुनधारा गुरुकुलमा अध्ययनका लागि आउनु भएको र तीन वर्षपछि वृन्दाबन जानुभएको जोशीले जानकारी दिनुभयो । देवाचार्य हाल सुनसरीको प्राचीन हरिद्वारको रुपमा कहलिएको चतराधाममा स्थायी रुपमा बस्नुहुन्छ ।

    यस गुरुकुलबाट दीक्षित भएकाहरु थुप्रै संख्यामा विद्यावारिधि उपाधिप्राप्त र महत्त्वपूर्ण ओहोदामा पुगिसक्नु भएको छ । यही गुरुकुलबाट दीक्षित आचार्य कुबेर निरौला हाल अर्जुनधारा जलेश्वर धामको व्यासाचार्य हुनुहुन्छ । हालै बालाचतुर्दशी पर्वको विशेष अनुष्ठानमा भारतको हरिद्वारबाट आउनु भएको पतञ्जलि योगका प्रख्यात गुरु आचार्य बालकृष्णले समेत अर्जुनधारा गुरुकुलको अवलोकन गर्नु भएको थियो ।

    धामले व्यहोर्छ सबै खर्च

    गुरुकुल सञ्चालनको सम्पूर्ण खर्च अर्जुनधारा जलेश्वर धाम समितिले व्यहोर्दै आएको छ । धामका स्वर्गीय व्यासाचार्य पुष्पलाल निरौलाले ४० वर्षअघि गुरुकुल सुरु गर्दा मुठ्ठीदान नै सञ्चालनको मुख्य स्रोत थियो । बटुकहरुलाई लिएर प्राचार्य निरौला आफै धाम वरिपरिका गाउँमा मुठ्ठीदान सङ्कलन गर्न हिँड्नुहुन्थ्यो । मुठ्ठीदानबाट चामल सङ्कलन हुन्थ्यो भने केही दाताहरुले नगद पनि सहयोग गर्थे ।

    दयनीय अवस्थाबाट सुरु गरिएको यस गुरुकुलमा हाल सुविधाहरु मनग्ये थपिएका छन् । धाम समितिले वर्षेनी रु. १५ लाखसम्म बजेट दिएका कारण गुरुकुल सञ्चालन सहज हुने गरेको गुरुकुलका प्राचार्य हेमन्त भण्डारी बताउनुहुन्छ । अहिले गुरुकुलका लागि तीन तलाको भब्य पक्की भवन धामले निर्माण गरिदिएको छ । पाँच जना शिक्षक कार्यरत छन् । संस्कृत, कर्मकाण्ड, रुद्री, चण्डी, बेदबाहेक नेपाली, अङ्ग्रेजी, गणितलगायतका विषयका पाठ्यपुस्तकहरु पनि पठनपाठन हुने गरेको छ ।

    कम्प्युटर पढाउने योजना

    समयानुकुल शिक्षा प्रदान गर्ने उद्देश्यले धाम सञ्चालन समितिले गुरुकुललाई थप सुविधासम्पन्न भवनमा सार्ने र कम्प्युटर शिक्षासमेत प्रदान गर्ने योजना अघि सारेको छ । धाम समितिका कोषाध्यक्ष जोशीका अनुसार पुस्तकालय स्थापना अन्तिम चरणमा पुगेको छ । सोही पुस्तकालयमा एक दर्जन कम्प्युटर राखेर सिकाउने धामको तयारी छ । धामको गुरुयोजनामा गुरुकुललाई सुविधासम्पन्न बनाउने उल्लेख रहेको र दाताहरुको सहयोगमा उक्त लक्ष्य पूरा गरिने उहाँले बताउनुभयो ।

    परम्परागतरुपमा सञ्चालन भइरहेका गुरुकुलहरुलाई आधुनिक शिक्षाको स्वरुपमा ढाल्नुपर्ने र राज्यबाट सहयोग पु¥याइनुपर्ने आवाज उठ्न थालेको छ । तर, गुरुकुलका शिक्षकहरु भने आधुनिक शिक्षामा लैजाने नाममा गुरुकुलीय शिक्षा पद्धति मास्न नहुने बताउँछन् । सरकारले धार्मिक विद्यालयका रुपमा मान्यता प्रदान गर्दै गुरुकुलमा कक्षा ४ तहको औपचारिक अध्ययनको अनुमति प्रदान गर्दै आएको छ । यस गुरुकुलमा सरकारले एकमुष्ठ रु दुई लाख शैक्षिक अनुदान उपलब्ध गराउँदै आएको छ । यस्तो अनुदान झापाका संस्कृत, गुम्बा र मदरसा विद्यालयहरुले पनि पाउँदै आएका छन् ।

    महर्षि फाउण्डेसनको भरथेग

    झापामा २२ वटा गुरुकुल सञ्चालनमा छन् । ती सबै मठमन्दिरमा सङ्कलन हुने दान दक्षिणामा निर्भर हुँदै आएका छन् । आफ्नै स्रोत र साधन भएका गुरुकुल नगण्य छन् । गुरुकुल विद्यालयका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन दर्बिलो दाता बनेको छ । देशभरबाट छानिएका गुरुकुलहरुले फाउण्डेसनबाट आर्थिक सहयोग पाउँदै आएका छन् । “हरेक गुरुकुलमा कम्तीमा दुई जना शिक्षक कार्यरत हुनुहुन्छ,” मेचीनगर–१५ ज्यामिगरगढीस्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनाल भन्नुहुन्छ, “एउटा शिक्षकको सम्पूर्ण पारिश्रमिक फाउण्डेसनले व्यहोर्दै आएको छ ।”

    फाउण्डेसनले दैनिकरुपमा रुद्राभिषेक गराउँदै आएको छ । रुद्राभिषेक गराउन फाउण्डेसनले ध्यान गुरु नियुक्त गरेर मासिक पारिश्रमिक दिने गरेको अर्जुनधारा संस्कृत बेद विद्यापीठका ध्यान गुरु चिरञ्जीवी ढुङ्गानाले बताउनुभयो । फाउण्डेसनकै सहयोगका कारण गुरुकुलका विद्यार्थीले नियमितरुपमा दैनिक २० मिनट भावातीत विधिको ध्यान र योग सिकिरहेको उहाँले जानकारी दिनुभयो । गुरुकुलमा विद्यार्थीले हरेक बिहान ४ः३० बजे उठ्ने र राति ९ बजे गीता पाठ अनिवार्यरुपमा गर्नुपर्दछ । सन्ध्या पूजामा ५ बजे पुगिसक्नु पर्दछ । रासस

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.