अनेरास्ववियु विरेन्द्र बहुमुखी क्याम्पसको सम्मेलनबाट अध्यक्षमा सौगात बस्याल सहित २७ सदस्यीय कयाम्पस कमिटी गठन भएको छ। सम्मेलनको उद्घाटन सत्रमा जिल्ला कमिटी अध्यक्ष हरि आचार्य ,बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती र नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा जिल्ला विधार्थी फाट सह इन्चार्ज देव पाठक र अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष धर्म गिरिले मन्तव्य राख्नु भएको थियो।
क्याम्पस सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी फाट इन्चार्ज केशव आचार्य, अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग सदस्य आकाश गिरि, केन्द्रिय निर्वाचन आयोग सदस्य सचेत सुवेदी केन्द्रिय लेखा आयोग सदस्य केशव रेग्मी, अनेरास्ववियु बाग्मती प्रदेश कमिटी उपाध्यक्ष निशा पुडासैनी, जिल्ला कमिटी उपाध्यक्ष सरोज तिमिल्सिना, निवर्तमान प्रदेश कमिटी सदस्य दिवस थपलिया अतिथी हुनुहुन्थ्यो।
त्यसै गरि सचीव पदमा भने अरविन्द ढुंगाना चयन भएका छन। उक्त सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष धर्म गिरी लागाएत प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो। नवनिर्वाचित कमिटीलाई सपथ ग्रहण प्रमुख अतिथि धर्म गिरिले गराएका थिए।
तर बस्यालको नेतृत्व एकलौटीरुपमा पेलेर गरेको भनि विरोध भएको छ । आफू निकटका विद्यार्थी जम्मा गरी गुटबन्दी शैलीमा आफू निकटका विद्यार्थीलाई पदाधिकारी बनाएको भन्दै कमिटीका निवर्तमान उपाध्यक्ष सन्दिप अधिकारीको नेतृत्वमा अर्को कमिटी बनेको छ ।
updated
