• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिए शुल्क तिर्न तयार


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतको चित्तबुझ्दो प्रमाण दिन सके प्रिमियमबापतको शुल्क तिर्न तयार रहेको उद्योगीले बताएका छन् ।

    Advertisement

    उद्योगीका तर्फबाट आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्युत् महसुल विवादमा आफूहरूलाई अनावश्यक बदनाम गरिएको आरोपसमेत लगाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एव अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले आफूहरूले प्रिमियम तिर्नुपर्ने गरी विद्युत् खपत गरेको प्रमाण नदिने अनि विवादकै अवस्थामा विद्युत् काटेर उद्योगी व्यापारीलाई प्रताडित गरेको आरोप लगाउनुभयो ।

    उहाँले कुनै पनि उद्योगले डेडिकेटेड वा ट्रङ्क लाइन जडानका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदनसमेत नदिएको र नियमित रूपमा विद्युत्को महसुल तिरेका उद्यमीलाई चार वर्षपछि जबरजस्ती बिल भिडाएर लाइन काटिएको आरोप लगाउनुभयो ।

    “हामीले इमानदारपूर्वक समयमै विद्युत् महसुल तिरेर उद्योग व्यवसाय चलाउँदै आएका सम्मानित व्यवसायी हौँ,” उहाँले भन्नुभयो, “अहिले हामीलाई एकतर्फी रूपमा अपराधीलाई जस्तै व्यवहार गरिएको छ ।” मुरारकाले विद्युत् महसुल निर्धारण आयोगले प्रिमियम दर निर्धारण गर्दा राखेका सर्त पूरा नगरी बिल पठाइएको उहाँको आरोप छ । डेडिकेटेडमा प्रिमियम लिन २० घण्टा निर्बाध विद्युत् प्रवाह हुनुपर्ने नियम रहेको र त्यो प्राधिकरणले नमानेर बिल पठाएको आरोप उहाँको छ ।

    नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै कुनै एक व्यक्तिको महत्वाकाङ्क्षाले उद्योगी व्यवसायी प्रताडित हुनु परेको धारणा राख्नुभयो । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजान खपत नै नभएको बिल पठाइएको आरोप लगाउनुभयो ।

    प्रिमियमसहितको महसुल नतिरेको भन्दै प्राधिकरणले हालसम्म २३ उद्योगको लाइन काटेको छ । शुक्रबार राति मात्रै थप १४ वटा उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो । प्राधिकरणले शुक्रबार पाँच करोड रुपियाँभन्दा बढी विद्युत् बक्यौता भएका ग्राहकको विद्युत् लाइन काटेको हो ।

    प्राधिकरणले गत पुस ६ बाट बक्यौता रहेका ग्राहकको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपियाँभन्दा बढी बक्यौता रहेका चार वटा उद्योग र त्यसपछि पाँच गरी नौ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकको लाइन काटिएको छ । प्राधिकरणका अनुसार लोडसेडिङका समयमा डेडिकेटेड र ट्रङ्क लाइनबाट लोडसेडिङरहित विद्युत् आपूर्ति लिएर प्रिमियम शुल्क भने नतिरेको पाइएको भन्दै खपतको करिब तीन वर्षपछि छुट बिल जारी गरेको थियो ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.