• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ : सांसद भण्डारी


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभएको छ ।

    Advertisement

    सोधेको एक प्रश्नको जवाफमा सांसद भण्डारीले नेपालको आर्थिक एवं औद्योगिकसमेतका क्षेत्रमा विकास नहुनुमा देशभित्र उपयुक्त लगानीमैत्री वातावरण बनाउन पर्याप्त काम हुन नसक्नु मुख्य कारण रहेको बताउनुभयो ।

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत बन्नुभएका सांसद भण्डारीले भन्नुभयो, “देशभित्र लगानीमैत्री वातावरण निर्माण गर्नेतर्फ कानुनी र प्रक्रियागत झन्झटसमेतका अनेक बाधा व्यवधान रहेका छन् । त्यसमा आमूल सुधार नगरी स्वदेशी वा विदेशी जुनसुकै लगानी आकर्षित गर्न सकिँदैन । देशभित्र स्वच्छ र सहज औद्योगिक वातावरण नबन्दासम्म उद्योगधन्दा, कलकारखाना खोल्न सकिँदैन ।”

    उद्योगधन्दा फस्टाउन र लगानी आकर्षित गर्नका लागि नेपालका पुराना कानुनहरु मुख्यरुपमा बाधक रहेको उहाँको ठम्याइ छ । “एउटा उद्योग खोल्न लाग्यो भने फाइल वन मन्त्रालय, वनसँग सम्बन्धित विभाग र कार्यालयहरुमा अड्किन्छ, अख्तियारमा अड्किन्छ, अलिअलि सुरु ग¥यो फेरि सर्वोच्च अदालतले रोकेको हुन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा लगानीकर्तालाई सुरक्षित वातावरण हुन सकेको छैन । ढुक्क भएर लगानी गर्ने स्थिति छैन । नेपालमा जुडीबुटी, कृषिमा आधारित उद्योग सञ्चालन गर्ने प्रचुर सम्भावना छ, यसको ब्रान्डिङ गर्न सकिएको छैन, यसको प्रचार गर्न सकिएको छैन ।”

    यद्यपि तत्कालीन ओली सरकारको नेतृत्वमा उद्योग मन्त्रालय सम्हाल्ने जिम्मेवारी सांसद भण्डारीलाई दुई महिनामात्र प्राप्त भएको थियो । त्यसअघि उहाँ छ महिना अर्थराज्यमन्त्री भएर पनि काम गर्नुभयो । “नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गरेर उद्योगधन्दा सञ्चालन गर्न सक्दैन । यही बुझेर सातै प्रदेशमा उद्योग सञ्चालन गर्ने ओली नेतृत्वको सरकारले नीति अगाडि सारेको थियो”, पूर्वमन्त्री भण्डारीले जोड्नुभयो, “एउटा प्रदेशमा कम्तीमा एउटा नयाँ उद्योग सञ्चालन गर्ने नीति थियो, तत्कालीन सरकारले अघि सारेको योजनालाई वर्तमान सरकारले अघि बढाएन, सम्भावना भएका उद्योग पनि सञ्चालनमा आउन सकेका छैनन् ।”

    वर्तमान सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको बताएको छ । यो स्वागतयोग्य कदम हो, तर नेपालमा लगानी ल्याउने वातावरण बनाउन मौजुदा ३० वटा कानुन संशोधन गर्न जरुरी रहेको उहाँको भनाइ छ । सांसद भण्डारीले भन्नुभयो, “विडम्बना के छ भने अहिले संसद् र सांसद बेरोजगार भएर बसेका छन् । कानुन बनाउनुपर्ने ठाउँमा विधेयक छैन, सदनलाई बिजनेस छैन ।”

    उहाँले थप्नुभयो, “देशमा अहिले कैयौँ कानुनहरु या त नयाँ बनाउनुपर्ने वा संशोधन गर्नुपर्ने अवस्था छ । कानुन अभावले काम अगाडि बढाउन पाइएन भनेर जताततैबाट गुनासो आइरहेको सुनिन्छ । यो भनाइ प्रतिपक्षी सांसदको मात्र होइन, सत्तापक्षकै सांसदको गुनासो पनि यही छ ।” देश बनाउने जनशक्ति दिनहुँ विदेशतिर गइरहेको देख्दा सांसद भण्डारीलाई नराम्रो लाग्छ । “दैनिकजसो युवाशक्ति विदेश पलायन हुँदैछ । यो प्रवृत्तिले देशको विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “आम नागरिकमा निरासा बढ्दै गएको छ, यो विषयमा सरकारले गम्भीर भएर सोच्न जरुरी छ । अहिलेसम्म ठूलो सङ्घर्ष गरेर ल्याएको परिर्वतनको अनुभूति गराउन पनि सरकारले ध्यान दिन जरुरी छ ।”

    प्रतिनिधिसभामा विजयी भएर आएपछि सांसदको हैसियतमा कानुन बनाउने जिम्मेवारी मुख्य भए पनि एक वर्षमा एउटा मात्र कानुन बनायौँभन्दा अप्ठ्यारो लाग्छ सांसद भण्डारीलाई । “राष्ट्रिय मुद्दाहरुमा व्यवस्थापिकामा छलफल, बहस हुन्छ नै । तर सँगै संसद्को एउटा मुख्य जिम्मेवारी कानुन बनाउने पनि हो । तर यो अवसर सांसदले पाएनन् । एक वर्षमा एउटा मात्र कानुन पारित भयो भन्दा लज्जित हुनुपर्ने अवस्था हुँदो रहेछ”, उहाँले थप्नुभयो, “शिक्षा, सङ्घीय निजामती ऐनलगायतका कानुन बनाउनुपर्ने थियो, हिउँदे अधिवेशन सुरु हुनुपर्ने हो, सरकारले सदनलाई विजनेस दिन नसकेर त्यतिकै छ ।”

    सङ्घीयता कार्यान्वयनका सन्दर्भमा धेरै कानुन बनाउने बाँकी छ । मौलिक हक कार्यान्वयन गराउन तीन तहको संरचना छ तर कार्यान्वयन हुन सकेको छैन । “स्थानीय तहले प्रदेशको मुख ताक्ने, प्रदेशले सङ्घको मुख ताक्ने गरिएको छ जुन स्वाभाविक पनि छ”, नेता भण्डारीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “सङ्घीयताको मर्मबमोजिम तीन तहका सरकारको अनुभूति हुन सकेको छैन । सङ्घले अहिले पनि हरेक कुराको जिम्मेवारी लिएको छ । आधारभूत तहको शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिनुपर्ने हो । सुशासन कायम हुन सकेको छैन, जनतालाई गणतन्त्र आएको अनुभूति हुन सकेको छैन ।”

    “कानुनको अभाव झेलिरहेका स्थानीय तह र प्रदेश सरकारले अहिले आफूखुसी काम गरिरहेका छन् । जनताले खानेपानी, बिजुली, भत्किएको विद्यालय मर्मत गर्नुपर्ने आशा जनप्रतिनिधिसँग गरेका हुन्छन्, त्यो सामान्य कुरा हो”, उहाँले थप्नुभयो, “सरकार जनताप्रति उत्तरदायी भयो भने काम गर्न सहज हुन्छ ।”

    सांसद भण्डारीलाई विकास बजेट सरकारले आवश्यकताको आधारमा वितरण हुनुपर्छ भन्ने लाग्छ । “बजेट विनियोजन गर्दा आवश्यकताको आधारमा गर्नुपर्ने हो तर अहिले त सत्तामा रहेका मन्त्रीहरुको जिल्लामा धेरै बजेट परेको छ, कतिपय जिल्लामा विकास बजेट नै छैन”, उहाँले भन्नुभयो, “पहुँच, बलियो र सत्ता भएको मन्त्री र सांसदको जिल्लामा मात्र विकास निर्माणका लागि बजेट विनियोजन हुन्छ, अरु सांसद र प्रतिपक्ष त्यतिकै हुन्छ, जुन प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।”

    विकास निर्माणका कार्यमा सरकारले गरिरहेको काम सन्तोषजनक मान्ने अवस्था नभएको सांसद भण्डारीलाई लाग्छ । “बैतडीमा मेरा मतदाता विकासको पर्खाइमा छन्, कहिले विकासको लहर जिल्लामा आउला भन्ने प्रतिक्षा गरिरहेका छन्,” उहाँले मतदाताको दुःख सुनाउँदै भन्नुभयो, “बजेट विबनियोजन नहुँदा विद्युत् छैन, तर छिमेकी जिल्ला डडेल्धुरामा सधैँ धेरै बजेट जान्छ, गरिब जनताको अवस्था हेरेर बजेट दिने गरिएको छैन ।”

    निर्वाचन क्षेत्र पूर्वाधार कोष पहुँच नभएका सांसदका लागि उपयोगी भएको उहाँलाई लाग्छ । “सामान्य सांसदलाई जाने बजेट त्यही हो, अरु त पहुँचको भरमा जाने गरेको छ”, सांसद भण्डारीले थप्नुभयो, “कोषको पैसाले भए पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास त गर्न सकिन्छ । बैतडी जिल्लामा हेर्ने हो भने विद्यालय, कलेज, बाटो, खानेपानी, बिजुली थुप्रै जनताका लागि आधारभूत आवश्यकता पूरा गर्न सकिएको छैन । जनताको त्यति ठूलो माग र चाहना पनि छैन, अतिआवश्यक कुरा मात्रै मागेका छन्, त्यो पनि पूरा हुन सकेको छैन ।”

    संविधानले मौलिक हकमा व्यवस्था गरेका कुराहरु पनि आमनागरिकले उपभोग गर्न नपाउँदा उहाँलाई निकै दुःख लाग्ने गरेको छ । राज्य सञ्चालन गर्ने व्यक्ति दूरदर्शी, निमुखा जनतालाई माया गर्ने खालको हुनुपर्ने उहाँको सोचाइ रहेको छ । विसं २०३० कात्तिक २० बैतडी जिल्ला पाटन नगरपालिका–६ मा जन्मनुभएका एमाले नेता भण्डारीले स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहाँ बैतडीबाट २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । उहाँले नेकपा ९एमाले० को तीन पटक नै बैतडी जल्ला प्रमुख भएर काम गर्नुभयो । विसं २०७८ देखि सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष भएर सक्रियरुपमा काम गर्नुभएको थियो । रासस

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.