• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दस हजार मेगावाट विद्युत भारत निर्यात


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ । त्यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ । नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

    Advertisement

    यो सम्झौताको अवधि २५ वर्ष हुने र प्रत्येक १० वर्ष पुनः नवीकरण हुँदै जानेछ । जेठ १७ मा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जासचिवका बिचमा प्रारम्भिक हस्तक्षर भएको थियो । त्यही सम्झौतालाई अन्तिमरुपमा दिने पूर्वसमझदारी अनुरुप हस्ताक्षर भएको हो ।

    यो हस्ताक्षरले नेपालको विद्युत् भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालीन, मध्यकालीन र दीर्घकालसम्म खरिद सम्झौता गरी विद्युत् किन्न सक्ने जनाइएको छ । विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने आम जिज्ञासा छ ।

    यो सम्झौता सकारात्मक भए पनि विद्युत् उत्पादन र बिक्री गर्नका लागि चाहिले पूर्वाधारहरु भने तयार छैनन् । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई अब विद्युत् उत्पादन, भण्डारण र वितरणमा पूर्वाधार विकास गर्नुपर्ने आवश्यक रहेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “१० बर्षमा १० हजार मेगावाट विद्युत् भारतलाई बेच्ने कुरा सकारात्मक छ । तर अहिले पर्याप्त पूर्वाधारहरु छैनन् । त्यसैले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । ” पूर्वाधार विकासका लागि भने लामो समय लाग्ने उहाँ बताउनुहुन्छ ।

    सम्झौता अनुसारको काम गर्नुपर्छ

    पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय नेपालको विद्युत् भारत निर्यात गर्ने कुरा सकारात्मक भए पनि अब सम्झौता बमोजिम कामहरु गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालको विद्युत् भारतमा निर्यातका लागि भएको सम्झौता राम्रो हो । यसको सम्झौताबमोजिम आयोजनाको निर्माण पनि त्यही अनुसारमा गर्नुपर्छ ।”

    नेपालको विद्युत् सार्क राष्ट्रमा बेच्ने कुरा पहिलेदेखि प्रयास हुँदै आएकोमा भारतमा निर्यात हुने कुराले थप मार्ग खोलेको उहाँको भनाइ छ । “अब भारतमा विद्युत् निर्यात भएपछि विस्तारै बङ्गलादेश र अन्य देशहरुमा निर्यातका लागि बाटो खृुल्ला भएको छ । त्यसैले नेपालमा विद्युत् उत्पादन आयोजना र प्रसारण लाइनको विस्तारमा द्रुततर तरिकाले काम गर्नुपर्ने आवश्यकता छ,”उहाँले भन्नुभयो ।

    उहाँका अनुसार नेपालका आयोजनाहरु समयमा सम्पन्न नहुने भएकाले सम्झौताबमोजिमको प्रतिफल आउने गरेको छैन ।त्यसैले सम्झौतामा उल्लेख भए अनुसारको काम तत्काल गर्नुपर्ने उहाको भनाइ छ । नेपालमा विद्युत् धेरै खपत हुन छाड्यो भनेर विद्युत् आयोजनामा लगानी गर्नुहुँदैन भन्ने मानसिकता बोकेका मानिसलाई यसले राम्रो पाठ सिकाएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “नेपालमा विद्युत् खपत हुन छाड्यो भनेर धेरैले अब आयोजना थप निर्माण गर्नुहुँदैन पनि भन्ने गरेका छन् । तर नेपालको विद्युतको बजार बाहिर पनि छ है भनेर यो सम्झौताले चिनाएको छ ।”

    सहज छ विद्युत् निर्यात

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिँह नेपालको १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतलाई सहजै वितरण गर्न सकिने बताउनुहुन्छ । अहिले धेरै आयोजनाहरु निर्माणाधीन रहेका र प्रसारण लाइनलाई पनि विकसित गर्ने काम भइरहेकाले यो कार्य सहज हुने उहाँ बताउनुहुन्छ ।

    १२ वर्षमा २८ हजार ५२२ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य नै रहेकाले १० हजार विद्युत् व्यापार गर्न सहजता हुने उहाँको भनाइ छ । सिंहका अनुसार अहिले उत्पादनमध्ये १३ हजार मेगावाट विद्युत् नेपालमा नै उपभोग हुने र १५ हजार मेगावाट विद्युत् भारतमा निर्यात हुने उहाँको भनाइ छ ।

    अहिले विद्युतको भण्डारण क्षमता नौ हजार जेनेरेट रहेकाले यसलाई बढाएर ११ हजार मे. वा. पुर्‍याउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । आगामी १० वर्षमा २० हजार जेनेरेट गर्ने लक्ष्य रहेकाले १० वर्षमा १० हजार मेगावाट बढी विद्युत् बेच्न सकिने उहाँको भनाइ छ । नेपालबाट अहिले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट विद्युत् निर्यात हुँदै आएको छ ।

    आगामी १० वर्षमा निर्यातलाई व्यवस्थित गर्न थप प्रसारण लाइन निर्माणाधीन छन् । आठ सय मेगावाट विद्युत् ढल्केबर प्रसारण लाइनबाट निर्यात भइरहेकाले यसलाई एक हजार मेगावट पुर्‍याउने लक्ष्य छ । अरुण नदीमा बन्ने आयोजनाको विद्युत् निर्यातलाई लक्षित गर्दै चार सय केभी प्रसारण लाइन बनाउन लागिएको छ ।

    कुसाहा–कटैया प्रसारण लाइन संरचनाबाट दुई हजार मेगावाट विद्युत् निर्यात सकिन्छ । न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन पनि निर्यात प्रयोजनकै लागि निर्माण भएको उहाँको भनाइ छ । मनैया–सम्पत्तीय,नेपालगञ्ज–नानपारा, लम्की–कोरली, परवानीपुर–रक्सौल,महेन्द्रनगर–टनकपुर जस्त प्रसारण लाइनलाई पनि लक्षित गर्दै नयाँ निर्यात तथा क्षमता विस्तारको काम भइरहेको मन्त्रालयका प्रवक्ता सिंहको भनाइ छ ।

    आगामी २५ वर्षमा यो सम्झौता १० वर्षका लागि पुनः नवीकरण हुने भएकाले यसले दीर्घकालसम्म नेपाललाई लाभ दिने उहाँ बताउनुहुन्छ ।

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.