• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गर्नुभएको छ । कानुन निर्माणका क्रममा शीर्ष नेताबीच सहमति हुन नसक्दा र कतिपय अवस्थामा कर्मचारीतन्त्रको प्रभाव हुने भएकाले सदनबाट सोचेअनुसारको कानुन बनाउन चुनौती रहेको उहाँको टिप्पणी छ ।

    Advertisement

    सांसद चौधरीले भन्नुभयो, “सदनमा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि दिन सकेको छैन, दलबीच सहमति हुन नसक्दा संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण कानुन बन्न सकेका छैनन्, प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन ।”सदनमा सांसदहरु तीन/चार जना शीर्ष नेताको निर्णयमा ताली पिट्ने मात्र अवस्था रहेको उल्लेख गर्दै उहाँले नेतृत्वमा इच्छाशक्ति पनि नदेखिएकाले पनि संविधान कार्यान्वयनका महत्वपूर्ण कानुन समयमै बन्न नसकेको टिप्पणी गर्नुभयो । विसं २०३६ देखि नेविसङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग राजनीतिका साथै केही समय शिक्षण पेसामा लागेर प्याब्सन, एन प्याब्सन र शिक्षक सङ्घमार्फत पेसागत राजनीति गरेको अनुभव समेत छ ।

    तीन पटक संसद्को निर्वाचनमा लगातार विजयी हुनुभएका सांसद चौधरीले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउँदा समाचारका लागि मात्र हुने गरेको गुनासो गर्नुभयो । सदनमा उठेका विषयको कार्यान्वयन पक्ष फितलो रहेको उहाँको भनाइ थियो । सांसद चौधरीले भन्नुभयो, “सदनमा उठेका विषय कार्यान्वयनका लागि सरकारमार्फत सम्बन्धित निकायमा पत्राचार गर्नुपर्छ । अनिमात्र राज्यका निकाय जनताप्रति उत्तरदायी हुन्छन् ।” विसं २०५२ मा कांग्रेसको क्रियाशील सदस्यता लिएर पार्टीमा सक्रिय हुनुभएका उहाँ २०६२/६३ सालको आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । कांग्रेसमा लगातार चार पटक महासमिति सदस्य रहिसक्नु भएका सांसद चौधरी कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी हुनुहुन्थ्यो । सांसदको प्रमुख काम नीति निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ ।

    सांसद चौधरीले भन्नुभयो, “हाम्रो जस्तो मुलुकमा जनताले जनप्रतिनिधिबाट बाटो, पुल, स्वास्थ्यचौकी, विद्यालय, खानेपानी, सिँचाइ निर्माणको अपेक्षा गरेका हुन्छन्, सांसद पनि त्यसमा कुनै न कुनै रुपमा लाग्नैपर्छ । यसलाई अन्यथा सोच्नु हुँदैन ।” प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले कुनै न कुनै विकास निर्माणका काममा जोडिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँ संविधानसभाको दोस्रो निर्वाचनमा २०७० सालमा सप्तरी निर्वाचन क्षेत्र नं ५, २०७४ र २०७९ मा सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

    सङ्घीयता कार्यान्वयनका आवश्यक कानुन बन्न नसक्दा प्रदेश र स्थानीय तहले काम गर्न नसकेको तीनै तहका सरकारबीच आपसी समन्वय पनि हुन नसकेको सांसद चौधरीको भनाइ छ । विसं २०१९ मा सप्तरीमा जन्मनु भएका उहाँले भ्रष्टाचारका प्रकरण र अनियमितता नियन्त्रण गर्न सके मात्र मुलुकमा सुशासन कायम हुने बताउँदै भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । सांसद चौधरीले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा सदनमा उठेका विषयमा सरकार र प्रतिपक्षी दल गम्भीर हुनुपर्ने र नियन्त्रणका कडारूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्नुभयो ।

    सत्ता भएका बेला एकथरी धारणा बनाउने र प्रतिपक्षमा भएका बेला अर्को विचार बनाउने दलहरूबीचको समस्याका कारण पनि कतिपय अवस्थामा सदनले प्रभावकारी काम गर्न नसकेको उहाँको अनुभव छ । जनताका अपेक्षाअनुसार विकास निर्माण हुन नसक्दा र रोजगारी दिन नसक्दा युवाहरू कामका लागि विदेशिन बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद चौधरीले यो विषयलाई समयमै समाधान गर्न सकिएन भने अहिलेको राजनीतिक व्यवस्थाको भविष्य नै खतरामा पर्न सक्ने बताउनुभयो । तसर्थ सबै दल मिलेर जनतालाई सुशासन दिनुपर्ने अपरिहार्यता आँैल्याउँदै उहाँले यसबाट जनतामा देखिएको वितृष्णा हटाउन सकिनेमा जोड दिनुभयो । रासस

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.