• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उहाँ यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ ।

    Advertisement

    राष्ट्रियसभाको सांसदको रुपमा रहँदा दसौदी विभिन्न अनुभव वटुल्ने अवसर प्राप्त गरेको बताउनुहुन्छ । “जनप्रतिनिधिले सिक्नुपर्ने र जान्नुपर्ने धेरै कुरा रहेछन्, त्यो अनुभूत गर्ने अवसर प्राप्त भयो”, उहाँले भन्नुभयो । राष्ट्रियसभामा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने सांसद दसौदी बताउनुहुन्छ । सबै पार्टीले त्यस्ता व्यक्तिलाई स्थान दिनुपर्ने उहाँ जोड दिनुहुन्छ ।

    “राष्ट्रियसभामा विज्ञता हालि गरेका व्यक्तिको प्रतिनिधित्व अहिले नै होला भन्ने विश्वास छैन”, सांसद दसौदी भन्नुहुन्छ । राष्ट्रियसभामा जनताको आवश्यकताअनुसारको प्रतिनिधित्व हुन नसकेको उहाँको ठहर छ ।

    “संसद् कानुन बनाउने थलो हो । तर यहाँ देश र जनताका पक्षमा आवश्यक कानुन बनाउने कार्य प्राथमिकतामा परेको छैन”, सांसद दसौदीले भन्नसभयो । आफ्नो कार्यकालमा एउटा मात्र विधेयक राष्ट्रियसभाबाट पारित भएको उहाँ बताउनुहुन्छ । सरकारले विधेयक ल्याउन नसकेको नेता दसौदीको गुनासो छ ।

    रोजगारको व्यवस्था गर्ने तथा आयआर्जनको उपायबारे सरकारको ध्यान जान नसकेको सांसद दसौदी बताउनुहुन्छ । नीति निर्माण गर्न सरकारको पटक्कै ध्यान नपुगेको उहाँको गुनासो छ । “राष्ट्रियसभामा जनताका मुद्दा सम्बोधन गरिनु पर्छ”, उहाँ भन्नुहुन्छ ।

    “राष्ट्रियसभा विभिन्न विधेयकबारे छलफल गर्ने र निर्णय लिने ठाउँ हो । सरकारको विरोध र समर्थनका कुरा पनि बेला बेलामा भइरहन्छन् । अन्तिममा विधेयक पारित भने सर्वसम्मत गर्ने गरिएको छ । यो नै राष्ट्रियसभाको चरित्र हो”, सांसद दसौदीले भन्नुभयो । राष्ट्रियसभामा हरेक क्षेत्रका विज्ञ तथा राजनीतिभन्दा फरक हिसाबले सोच्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने उहाँको धारणा छ ।

    “म राष्ट्रियसभामा आएपछि यस अवधिमा आएका विधेयकबारे आफ्नो सुझाव राखे । संसदमा सक्रियरुपमा सहभागिता जनाए”, नेता दसौदीले भन्नुभयो । उहाँको अनुभवमा प्रतिनिधिसभामा समझदारी र सहकार्य भन्दा पनि बहुमतको आधारमा निर्णय गर्ने गरेको पाइयो । यस्तो अवस्थामा देश र जनताको हितमा हुने गरी कानुन नबन्न पनि सक्ने उहाँको बुझाइ छ ।

    जनताको अपेक्षा जनजीविकाका सवाल, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत भए पनि उल्लेख्य सुधार हुन नसकेको सांसद दसौदीले बताउनुभयो । “यस विषयमा राष्ट्रियसभामा कुरा उठाए । त्यहाँ जति तर्क बहस गरे पनि उल्लेख्य उपलब्धि हासिल भएको जस्तो लागेन”, उहाँले भन्नुभयो । जनताका अपेक्षा असीमित भएकाले तिनलाई सम्बोधन गर्न सकिने जति एउटा जनप्रतिनिधिको हिसाबले सक्दो प्रयास गरेको नेता दसौदीले बताउनुभयो । जनताका अपेक्षालाई प्राथमिकता निर्धारण गरेर सदनमा उठाउने तथा कानुन निर्माणमा सक्रिय भएको उहाँ बताउनुहुन्छ ।

    “जनतामा निराशा र असन्तुष्टि हुनु स्वभाविक हो । यद्यपि जनताले खोजेको विकास र समृद्धिका लागि सरकार तथा संसद प्रयासरत रहनुपर्छ”, सांसद दसौदीले भन्नुभयो । हुर्कँदै गएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयताप्रति जनताको अविश्वास र असन्तुष्टि देखिएको उल्लेख गर्दै उहाँले यसतर्फ सबै दल र जनप्रतिनिधिको ध्यान जानुपर्ने उहाँ बताउनुहुन्छ ।

    दलका नेताहरुले आफ्ना क्रियाकलाप सच्याउनुपर्ने सांसद दसौदीको सुझाव छ । समृद्धिका लागि उत्पादन मुख्य कुरा भएको उल्लेख गर्दै उहाँले उत्पादनलाई प्राथमिकता नदिए मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । पर्यटन क्षेत्रको पूर्वाधार विकास, ऊर्जा र जलस्रोतको पूर्वाधार निर्माण गरेर विद्युत् व्यापार बढाउने, उद्योग कलकारखानामा सहज विद्युत् आपूर्तिसँगै औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने, जलस्रोतमा लगानी गरी सिँचाइको व्यवस्था गरेर कृषि उत्पादन बढाउने तथा खनिज पदार्थको उत्खननजस्ता कार्यमा सरकारले ध्यान दिए मात्र मुलुक समृद्ध हुने नेता दसौदीको बुझाइ छ ।

    “राजनीति नितान्त सेवा हो । तर यहाँ धेरैले यसलाई पेसाको रुपमा लिएका छन् । यसलाई सेवाको रुपमा ठानेर देश र जनताको सेवामा समर्पित हुने तथा देश बनाउन लाग्नुपर्ने हुन्छ । तबमात्र देश बन्छ”, सांसद दसौदीले भन्नुभयो । रासस

    बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.