नेपाल युवा परिषदको आयोजनामा उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ यहि माघ १३ देखि १५ गतेसम्म चितवनको माडि नगरपालिकामा बागमती प्रदेश स्तरीय प्रदेश युवा सम्मेलन २०८० आयोजना हुँदैछ।
बागमती प्रदेश भित्रका १८ देखि ३५ बर्ष उमेर समुहका १८५ युवाहरुले कार्यक्रममा सहभागीता जनाउनेछन्।
बागमती प्रदेशका १३ वटै जिल्लाबाट युवाहरु भेला भएर युवा उद्यमशीलता, दिगो विकासको लक्ष्य, निर्वाचनमा युवाको भुमिका, दिगो पर्यटन, सुशासन लगायतका विषयमा छलफल तथा अध्ययन गर्ने कार्यक्रम रहेको छ।
अन्तिम दिन सहभागी युवाहरुले १ वर्षे, ३ वर्षे र ५ वर्षे कार्ययोजना बनाउनेछन् जुन कार्ययोजना प्रदेश सरकार, सामाजीक विकास मन्त्रालय एवम् स्थानीय निकायहरुमा बुझाइनेछ जसले आगामी आर्थिक वर्ष २०८१/८२ मा युवामैत्री बजेट बन्नका लागि टेव पुग्नेछ ।
