• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भूमिहीन, दलितका समस्या निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उहाँ भन्नुहुन्छ, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् । बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ । भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ ।”

    Advertisement

    सांसद विश्वकर्मा भन्नुहुन्छ, “अहिले हामी नेपालको संविधानले सुनिश्चित गरेको संसदीय अभ्यासमा छौँ तर संविधानको मर्मअनुसार शतप्रतिशत अभ्यासमा अघि बढेका छौँ भन्ने मेरो दाबी छैन । संविधान कार्यान्वयनका मामलामा पर्याप्त ध्यान दिनुपर्ने स्थिति छ । अभ्यासमा जाँदा स्वाभाविकरूपमा दलका दृष्टिकोणहरू, मान्यताहरू प्रतिबिम्बित हुन्छन् । राजनीतिक दलबीच समझदारी बनाएर अघि बढ्नुपर्ने अवस्था छ ।”

    संसद्को आगामी अधिवेशनका लागि मिति घोषणा भइसकेको छ । जनताको सार्वभौम अधिकारसम्पन्न प्रतिनिधि संस्था भनेको प्रतिनिधिसभा वा राष्ट्रियसभा नै हो अर्थात् सङ्घीय संसद् हो जनाउँदै उहाँले यसलाई सही ढङ्गले सञ्चालन गर्ने र उपलब्धिमूलक ढङ्गले परिचालन गर्ने दायित्व सरकारको रहन्छ भन्नुभयो । उहाँ भन्नुहुन्छ, “संसदले प्राप्त गर्ने बिजनेसलाई ठीक ढङ्गले निरुपण गर्ने मामलामा तदारुकता वा अनुकूल परिस्थति निर्माण भएन भने संसद्को काम प्रभावित हुन्छ ।”

    गएको संसद्को अधिवेशन नियमितरूपमा चलेजस्तो देखियो तर धेरै उत्साहजनक अनुभूति गर्न पाइएन । अहिले फेरि संसदीय समितिका बैठक नियमित बसाउने पहल र प्रयत्न भएको छ । संसदीय समिति बने पनि प्रमुख तोक्न समय लाग्यो, सांसद विश्वकर्माले भन्नुभयो, “म शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छु, यी समितिलाई कामयाब बनाउनका लागि समितिको सचिवालय, त्यसको जनशक्ति धेरै व्यवस्थित हुन जरुरी छ । तर हुँदै भएको छैन त भन्न मिल्दैन । तर यसलाई अझ प्रभावकारीरूपमा कार्यसम्पादन गर्न व्यवस्थित बनाउन पर्ने देखिन्छ ।”

    संसदीय समितिको प्रभावकारिताका बारेमा उहाँ भन्नुहुन्छ, “जुन समितिमा हामी छलफल गर्छौँ समितिले निर्देशन देला त्यो कार्यान्वयन भयो वा भएन त्यो पनि हेर्न जरुरी छ । समितिले दिएको निर्देशन सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्यो वा गरेन त्यो कामको मूल्याङ्कन पनि हुन जरुरी छ । अर्को, नियमितरूपमा आउने विधेयक छलफल भएर अघि जाने विषय पनि छन् । यसमा व्यवस्थितरूपमा अघि बढिएको छ भन्न मिल्दैन तर सरकार यसमा जेलिएको पाउँछु मैले ।”

    “शिक्षा विधेयकलगायतका धेरै जल्दाबल्दा विधेयक संसद्मा छन् । त्यसकारण विधेयकमा सहमति जुटाउन समय लाग्ने अवस्था देखिन्छ । सत्तापक्षले प्रमुख प्रतिपक्ष र प्रतिपक्षसँग पनि समन्वय र गरेर समझदारी कायम गरेर अघि बढ्दा विषय निष्कर्षमा पुग्छन् । सरकारले आग्रह राखेर सत्ता गठबन्धनलाई कसरी टिकाउने भन्ने विषयमा ध्यान दिने राष्ट्रिय सरोकारका मामला पनि बेवास्ता गर्ने र जनसरोकारका विषयमा पनि बेवास्ता गर्ने र आत्मसर्मपणका लागि जोसँग पनि तयार हुने र आफ्नो सत्ता कसरी टिकाउने भन्ने भयो भने निष्कर्षमा पुगिँदैन । यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ र यसका लागि सत्तापक्षले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्छ”, सांसद विश्वकर्माले भन्नुभयो ।

    नेकपा (एमाले)को सचिवको समेत जिम्मेवारी निर्वाह गरिरहनुभएका सांसद छविलाल विश्वकर्माको जन्म विसं २०१९ मङ्सिर २३ गते स्याङ्जामा भएको हो । पार्टीभित्र बौद्धिक व्यक्तित्वको छवि बनाउनुभएका नेता विश्वकर्मा दलित आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएको हो ।

    एक प्रसङ्गमा उहाँले भन्नुभयो, “विपक्षी पार्टीले संसदीय समितिमा बसेर मोलमोलाइ गरेको भन्ने विषय निरर्थक आरोप हो । सत्तारुढ दलले प्रतिपक्षलाई आक्षेप लगाएर आफू सुरक्षित हुने उपाय हो । एमालेले अहिले किन बार्गेनिङ गर्छ रु गर्न परे त सत्ता गठबन्धनसँग सोझै कुरा गर्छ नि ।”

    रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा पहाडबाट दक्षिणको दशगजासम्म निर्वाचन क्षेत्र पर्छ । यसमा सवा लाख जनताको बसोबास छ । यो ऐतिहासिक सांस्कृतिक महत्व बोकेको प्रदेश पनि जिल्ला पनि हो । लुम्बिनी बन्नुका पछाडि देबदहको योगदान छ । बुद्धकालीन समयको साहित्यलाई, त्यतिबेलाको अभिलेखलाई हेर्ने हो भने त्यसबाट प्रष्ट छ महामानव गौतम बुद्धको मावली देबदह हो । यो त स्थापित भएको कुरा हो । तर सांसद विश्वकर्मा लुम्बिनीले बढी चर्चा पाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लुम्बिनीलगायतका विषय अघि आउँदा देबदह ओझेलमा परेको छ । अरु सांस्कृतिक पक्षलाई ध्यान दिइएको छ तर प्राकृतिक सम्पदाका पक्षलाई बेवास्ता गरिएको छ । रोहिणी नदीको पूर्वतिर कोलिय राज्य, पश्चिमतर्फ शाक्य राज्य थिए । यो इतिहासमा उल्लेख छ । त्यसको संरक्षण र संवर्द्धन त्यसको बहुउदेश्यीय हिसाबले यसको विकास गर्न सक्दा, लुम्बिनी, रामग्राम, तिलौराकोट, देबदह आदिमा एउटा आयाम थपिने छ ।”

    दक्षिणबाट उत्तरतर्फ जोड्ने तीन–चार महत्त्वपूर्ण सडक छन् । त्यो सडकको काम अगाडि बढाइयो तर बीचमा अवरुद्ध भयो । सरकारले त्यसलाई बेवास्ता गर्यो र त्यसलाई जोड्दै जोडेन । सीमावर्ती क्षेत्रका जनताले राज्य जिम्मेवार छ भन्ने कुराको अनुभूत गर्न पाउनुपर्छ । उहाँ भन्नुहुन्छ, “आधारभूत अस्पतालका तत्कालीन सरकारले बजेटसहित कार्यक्रम अघि सार्यो तर अहिले पूर्वाधार अलपत्र परेका छन् । सामुदायिक विद्यालयको अवस्था पनि राम्रो छैन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना कटौतीमा परेको छ । यस निर्वाचन क्षेत्रका दुई सामुदायिक क्याम्पसको विकासका लागि ध्यान दिइएको छैन । समानुपातिक हिसाबले सबै जनताका बीचमा विकास पुग्नुपर्छ । नारायणगढ–बुटवल सडकखण्डको एउटा भाग मेरो निर्वाचन क्षेत्रमा पर्छ त्यसमा ताकेता गरिरहेका छौँ । हुलाकी सडकखण्ड पनि मेरो निर्वाचन क्षेत्रमा पर्छ यसको सुधार गर्ने काम अलिअलि अघि त बढेको छ तर पर्याप्त छैन ।”

    युवाको बढ्दो सङ्ख्यामा विदेश पलायनका बारेमा सोधिएको प्रश्नमा सांसद विश्वकर्मा भन्नुहुन्छ, “यो एउटा आशा, भरोसा, विश्वास जगाउने कुरा पनि हो । बैदेशिक रोजगारीमा जानेलाई विल्कुल निरुत्साहित गरेर हुन्छ भन्ने मामलामा म छैन । दक्ष जनशक्ति सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा पुग्ने व्यवस्था मिलाउनुपर्छ । यहाँबाट दक्ष भएर गएर त्यहाँबाट फर्केर आउँदा सुरक्षित ढङ्गले फर्कोस् यस्तो खालको विषयमा ध्यान दिनुपर्छ । घरमा राम्रै व्यवस्था भएका व्यक्ति पनि विदेश गएका छन् । यसको कारण के हो त रु जो आफू सुतेको बिस्तरा यहाँ उठाउन्न ऊ त्यहाँ गएर भाँडा माझ्दैछ । यसलाई कसरी बुझ्ने रु यसको समाजशास्त्रीय हिसाबले अध्ययन र विश्लेषण हुन जरुरी छ । कसैले वैदेशिक रोजगारीमा जान्छु र अध्ययन गर्छु भन्ने सोच राख्छ भने त्यसलाई अनुकूल वातावरण निर्माण गरिदिनुपर्छ । उसले त्यहाँबाट अध्ययन गरेको विषय र सीपले यहाँको विकासमा मद्दत पुग्न सक्छ । यसलाई नियमन पनि गर्न जरुरी छ । विदेश जाँदा पनि खुसीले जाओस्, फर्कँदा पनि खुसीले फर्कोस् र उसले ल्याएको सीपले एउटा नयाँ उपलब्धि हासिल होस् भन्ने लाग्छ ।”

    मुलुकमा सुशासन कायम गर्न राज्य नै जिम्मेवार बन्नुपर्छ, अन्य यसमा सहायक बन्ने हो । मानव मर्यादा स्थापित गर्ने कुरा धेरै ठूलो कुरा रहेछ । संस्कार र संस्कृति भन्ने कुरा धेरै ठूलो कुरा रहेछ । संविधानले प्रदत्त गरेको विशेषता र उपलब्धिबाट प्राप्त विषयलाई केही होइन भन्ने विषयबाट जुन खालको प्रयत्न भइरहेको छ यसको कुनै अर्थ छैन तर यसबाट एउटा शिक्षा लिनुपर्छ भन्छु म । समय पछाडि फर्कँदैन यो अगाडि बढ्छ । रासस

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.