• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

स्वास्थ्य बिमा गरेकालाई दोस्रो दर्जाको व्यहार गर्न पाइँदैन : स्वास्थ्यमन्त्री जोशी


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बीमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्न नपाइने बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौंको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि सुरु भएको प्रदेश स्तरीय वार्षिक समिक्षा, दर्ता अधिकारको पुनर्ताजगी र दर्ता सहयोगीको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्नुहुँदै बीमा र पैसा तिरेर उपचार गराउने सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    बीमा बाहेक तत्काल स्वास्थ्य सेवा पाइने र बीमा गरेकाले औषधि तथा स्वास्थ्य सेवा पाउन एक हप्ता वा महिनौं कुर्नुपर्ने बाध्यता हटाउन निर्देशन दिनुहुँदै मन्त्री जोशीले विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    मन्त्री जोशीले भन्नुभयो, “पैसा दिए तत्काल, बीमा गरेकालाई एक महिनासम्म कुराउने प्रवृत्ति हटाउनुपर्छ, राज्यको नियम पालना गरेर बिमा गर्ने नागरिकलाई पहिलो प्राथमिकता दिएर उपचार गर्नुपर्छ ।”

    संविधानको पानामा स्वास्थ्य नैसर्गिक अधिकारको रुपमा सुरक्षित भए पनि आम नागरिकले अझैं स्वास्थ्य सेवा पाउन नसकेको उहाँको भनाइ छ । बिमाको विषयमा आम नागरिकबाट धेरै गुनासो आएको बताउँदै स्वास्थ्यमन्त्री जोशीले बिमा गरेकाले बिमाबाट सबै औषधि नपाउने र बिमाबाट सेवा लिन धेरै समय कुर्नपर्ने समस्या हटाउन निर्देशन दिनुभयो ।

    “बिमाबाट प्रदान गरिने औषधि पनि गुणस्तरीय नभएको जनगुनासो धेरै छ, औषधिको गुणस्तरीयताको बिषयमा पनि प्रश्न चिह्न उठेको छ ।” मन्त्री जोशीले भन्नुभयो । स्वास्थ्य बिमाप्रति आम नागरिकको विश्वास जित्नेगरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

    स्वास्थ्य बिमामार्फत ११३२ थरिको औषधि मात्रै निःशुल्क पाउने गरेको स्मरण गराउनुहुँदै उहाँले एक लाखसम्मको बिमा गरेपछि आम नागरिकले सबै औषधि निःशुल्क पाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । बिमालाई बास्तमै राम्रो बनाउने भए तल्लो तहको स्वास्थ्य चौकीसम्म बिमा कार्यक्रम पु¥याउन उहाँले सुझाव दिनुभयो ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले प्रदेश सरकारले चालु आर्थिक वर्षमा बिमालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुहुँदै पाँच करोड २५ लाख रुपियाँ स्वास्थ्य बिमाका लागि विनियोजन गरेको बताउनुभयो । प्रदेशभर रहेका नौ हजार चार सय महिला स्वास्थ्य स्वयम् सेविका, आश्रममा आश्रित, ख वर्गका अपाङ्गता भएका, अति सीमान्तकृत, लोपोन्मुख वर्गको प्रदेश सरकारले स्वास्थ्य बिमा गरिदिएको जानकारी दिनुभयो ।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामा, स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी, स्वास्थ्य बिमा बोर्डका सदस्य मुक्तिराम श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारी, हेटौँडा अस्पतालका मेसु डा.रामचन्द्र सापकोटा, जनस्वास्थ्य अधिकृत सुपमा बराल लगायतकाले बोल्नुभएको थियो । गोरखापत्र अनलाइनबाट

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.