• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ ।

    Advertisement

    धनगढीस्थित चैतन्य पाठशालाले वर्कसपको आयोजना गरेको हो । एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले त्यसको उद्घाटन गर्नुभयो ।

    सो क्रममा मन्त्री धामीले विज्ञान र प्रविधिको विकासका लागि काम गरिरहेको चैतन्य पाठशालासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले विज्ञान तथा प्रविधिसमेत हेर्ने गरेको जनाउँदै विज्ञान तथा प्रविधिको विकासमा खासै केही गर्न नसकेको स्वीकार गर्नुभयो ।

    मन्त्री धामीले विज्ञान तथा प्रविधिमा रुचि राख्ने सुदूरपश्चिमका धेरै विद्यार्थीले विभिन्न चिजको अविस्कार गरेको भन्दै प्रोत्साहनका लागि उनीहरुलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभयो । मन्त्रीले भन्नुभयो, “विज्ञान प्रविधिमा प्रदेशलाई कसरी हब बनाउन सकिन्छ ? त्यसतर्फ हाम्रो ध्यान जानु पर्दछ ।”

    एक हप्तासम्म आयोजना हुने सो वर्कसपमा विद्यार्थीलाई रकेट विज्ञान, सेटेलाइट निर्माण, ड्रोन, अहिलेको प्रविधि र ज्ञानको कुराबारे सिकाइने जनाइएको छ । विद्यार्थीलाई राष्ट्रिय अविस्कार केन्द्रमा काम गरिरहेका वैज्ञानिकले प्रशिक्षण दिनेछन् । प्रविधिलाई शिक्षासँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै चैतन्य पाठशालाका प्रिन्सिपल कटक सिंहले एक हप्तासम्म विद्यार्थीलाई विज्ञान तथा प्रविधिकोबारेमा प्रशिक्षण दिइने बताउनुभयो ।

    विद्यालयहरुले शैक्षिक गुणस्तरसँगै संस्कार र प्रविधिमा जोड दिन आवश्यक रहेको भन्दै ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले अब प्रविधिबिनाको मानिस अनपढ सरह नै रहने उल्लेख गर्नुभयो । हाम्रो शिक्षा युग सुहाउँदो र पृथक हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

    वर्कसपले विद्यार्थीलाई नविनतम् कुरा सिक्न र अविष्कारमा लाग्न प्रेरित गर्ने जनाइएको छ । अब ज्ञान र विज्ञानलाई ‘फ्युजन’ गर्न सकेमात्रै मुलुक समृद्ध बनाउन सकिने कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले बताउनुभयो ।

    अहिलेको युग सृजना र नवप्रर्वनको रहेको जनाइएको छ । यस अनुसार चल्न नसके मानिस पछाडि पर्ने चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको ठहर छ । उहाँले स्मार्ट फोनमात्रै बोकेर नहुने उल्लेख गर्नुहुँदै पढाईको पद्धति पनि स्मार्ट हुनु पर्नेमा जोड दिनुभयो । पढाईलाई स्मार्ट बनाउन आफ्नो विद्यालयले स्मार्ट बोर्ड प्रयोगको थालनी गरिरहेको उहाँको भनाइ थियो । चैतन्य स्टिम वर्कसपमा धनगढीका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । गोरखापत्र अनलाइनबाट

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.