• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गङ्गालाल, समयको पीडा र ‘दी जु स्टोरी’ मञ्चन


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • शिल्पी थिएटर, बत्तिसपुतलीमा आजबाट सहिद गङ्गालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गङ्गालाल’ मञ्चन सुरु भएको छ । गङ्गालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शङ्करको लेखन तथा निर्देशनमा तयार भएको हो ।

    Advertisement

    नाटकमा सहिद गङ्गालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसका रूपमा प्रस्तुत गरिएको निर्देशक चे शङ्करले बताउनुभयो । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गङ्गालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उहाँले बताउनुभयो । नाटक गङ्गालालमा सहिद धर्मभक्त, शुक्रराज, दशरथका साथै तत्कालीन नेताहरू टङ्कप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् । विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले गङ्गालाललाई फरक पाटोबाट चिन्नु र हेर्नुपर्ने लेखक निर्देशक चेले बताउनुभयो । सहिद दिवसको सन्दर्भमा प्रदर्शन गरिएको यो नाटक बुधबार नाचघरमा प्रथम मञ्चन गरिएको थियो ।

    नाटकमा कलाकारहरू निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दङ्ग्या, सन्दीप डङ्गोल, प्रदीपकुमार चौधरी, नीरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गर्नुभएको छ । ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गर्नुभएको नाटकमा सङ्गीत डिजाइन उत्सव बुढाथोकीको छ भने साउन्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गर्नुभएको छ । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीको हो । नाटक माघ २९ गतेसम्म मञ्चन हुने छ ।

    ‘समयको पीडा’

    नाटक ‘समयको पीडा’ रोजगारीका लागि नेपालबाट बिदेसिएका छोराहरू नफर्केपछि एक्लिएका बुवाआमाको पीडाको कथा हो । समय जति बित्यो, उमेर बढ्दै जान्छ । उमेरसँगै आफ्ना सन्तति पनि घट्ने रहेछन्; जुन साँच्चै समाजको मात्र होइन, सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक रातोपुलस्थित ओजस थिएटर एन्ड फिल्म स्टुडियोमा मञ्चन सुरु भएको हो ।

    कलासी प्रोडक्सन हाउसको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्मावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताउनुभयो । नाटकमा विशाल देवकोटा, सङ्गीता थापा, अर्जुन दुलाल, अन्जसा रिजाल, उन्नत उप्रेती, सगुन पोखरेल, रोहित श्रेष्ठ, पूर्ण गन्धर्व, नवीन प्याकुरेल, कपिलदीप काफ्ले र विपिन जैसवालले खेल्नुभएको छ । यो कथा कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश रहेको समय पीडा शीर्षकको पाठको रूपान्तरण रूप हो । माघ २२ गतेसम्म नाटक मञ्चन हुने कलासी प्रोडक्सन हाउसले जनाएको छ ।

    ‘दी जु स्टोरी’

    एक्लोपन महसुस गरिरहेको युवापुस्ता, मानसिक रोगले पीडित र लैङ्गिक पहिचान बुझ्न नसकेका समुदायको कथा नाटक ‘दी जु स्टोरी’ मा प्रस्तुत गरिएको छ । अमेरिकी नाटककार एडवर्ड अल्वीको लेखन रहेको नाटक ‘दी जु स्टोरी’ लाई द वल्ड थिएटर नेपालले नेपालीमा रूपान्तरण गरेको हो ।

    अमेरिकी नाटककार एड्वार्ड एल्वीको पहिलो नाटक ‘दी जु स्टोरी’ ९१९५८० ले गहिरो छाप छोड्न सफल भएको थियो; जुन तीन हप्तामा लेखेर तयार गरिएको थियो । यो नाटकको पहिलो प्रस्तुति पश्चिम बर्लिनमा भएको थियो । नाटकले निराशावाद र अँध्यारोपनाको माध्यमबाट आशावादको दियो बाल्छ । नाटकलाई सजग रानाले निर्देशन गर्नुभएको छ । नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गर्नुभएको छ । नाटक माघ २८ सम्म मण्डला थिएटरमा मञ्चन हुने छ ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.