• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तातोपानीद्वारा हिउँदे गाउँसभाबाट आठ विधेयक पारित


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठ वटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।

    Advertisement

    पारित भएका विधेयकमध्ये भू-उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, दिवाखाजा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुनः स्थापना तथा व्यवस्थापन कार्यविधि र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

    विभिन्न समयमा प्राकृतिक प्रकोप, भूकम्प बाढी पहिरोलगायत अन्य कारणले बर्सेनि भौतिक संरचनाको क्षति हुँदै आएकाले सो कुरालाई मध्यनजर गर्दै चालु आवदेखि पालिकाको सम्पूर्ण घरका लागि बिमा कार्यक्रम सुरु गरी हालसम्म आठ सय घरधुरी घरबिमा कार्यक्रमबाट लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।

    गाउँपालिकाले चालु आवमा गाउँसभामार्फत् पुँजीगत र चालु शीर्षकमा कुल ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । जसमा पुँजीगततर्फ १८ करोड १९ लाख ५६ हजार बजेट विनियोजित भएको थियो । चालु आवको साउनदेखि माघसम्मको सात महिनामा पुँजीगत बजेटको दुई करोड ६८ लाख ५३ हजार गरी कुल बजेटको १४ दशमलव ७५ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चालुतर्फ ३७ करोड ४० लाख ६९ हजारमध्ये १४ करोड ७३ लाख पाँच हजार गरी कुल चालु बजेटको ३९ दशमलव ३७ प्रतिशत खर्च गर्न भएको छ । सात वटा ठुला ठेक्कामार्फत सञ्चालन हुने आयोजना पालिकाले सम्झौता गरी काम अगाडि बढाएको अध्यक्ष चौलागाईले बताउनुभयो । उहाँका अनुसार पालिकाका आठवटै वडामा सञ्चालन हुने वित्तीय समानीकरण अनुदानअन्तर्गतका जम्मा ७६ आयोजना तथा कार्यक्रममध्ये ६१ वटाको सम्झौता सम्पन्न गरी करिब ८० प्रतिशत उपलब्धि हाँसिल भएको छ ।

    प्रदेश सरकार सःशर्त अनुदान शीर्षकअन्तर्गत १७ मध्ये १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ । समपूरक र विशेष अनुदान शीर्षकका तीन वटा योजना सम्झौता गरी काम सञ्चालनका लागि अघि बढेको गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । रासस

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.