• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जीवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा जन्मजात मुटुरोग


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • पछिल्लो समय जन्मजात मुटुको समस्या लिएर अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका बालमुटुरोग विशेषज्ञ डा.उर्मिला शाक्यले जन्मजात मुटुको समस्या लिएर आउनेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।

    Advertisement

    डा.शाक्यका अनुसार सन् २०२२ मा ११ हजार ५७९ जना बिरामीले विभिन्न जन्मजात स्वास्थ्य समस्या लिएका अस्पतालबाट सेवा दिएका थियो । यो सङ्ख्या बढेर सन् २०२३ मा १२ हजार ३३७ जनाले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । सेवा लिनेमा ६८.५ प्रतिशत पुरुषको सङ्ख्या रहेको छ ।

    अस्पतालको इमर्जेन्सीमा सेवा लिनेको सङ्ख्या पनि बढ्दो छ । सन् २०२२ मा ३९६ जनाले सेवा दिएका थिए भने यो सङ्ख्या बढेर सन् २०२२ मा ४०८ जनाले सेवा लिएको अस्पतालको तथ्याङ्कले देखाउँछ । इमर्जेन्सीमा आएमा मध्ये ४८ प्रतिशत गम्भीर समस्या लिएर आएको अस्पतालको भनाइ छ ।

    हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा जन्मजात मुटरोग देखिने गर्छ । डा.शाक्यका अनुसार समय नपुग्दै जन्मिएका बच्चाहरूमा यसको सम्भावना बढी हुन्छ ।

    जन्मजात मुटुरोग कस्तो समस्या हो ?

    डा.शाक्यका अनुसार आमाको गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरका धमिनीहरूको बनावटमा गडबढी हुने जन्मजात मुटुको रोग समस्या हो । जन्मँदै असाधारण स्वास्थ्य अवस्थामा रहेका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये एक जन्मजात मुटुरोग पर्दछ ।

    जन्मजात मुटुरोग नीलो हुने र नीलो नहुने गरी दुई किसिममा वर्गीकरण गरिएको डा.शाक्य बताउनुहुन्छ । डा.शाक्यका अनुसार नीलो हुने रोगहरू जटिल प्रकृतिका हुन्छन् ।

    डा.शाक्यका अनुसार जन्मजात मुटुरोग मुटुका पर्दाहरूमा प्वाल पर्ने, मुटुका मुख्य धमनीहरू साँगुरिने तथा भल्भहरू आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनीहरू उल्टोपाल्टो भएर निस्कने, मुटुका दायाँ वा बायाँ भाग अविकसित हुने जस्ता जन्मजात मुटुरोगमा पर्दछन् ।

    कारण

    १० प्रतिशत जन्मजात मुटुरोगमा मात्र कारण पत्ता लाग्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार ९० प्रतिशत रोगका कारण अझै पत्ता लागेको छैन ।

    जन्मजात मुटुरोगका मुख्य कारणहरूमा वंशाणुगत तथा वातावरणीय कारण रहेका छन् । डा. शाक्यका अनुसार आमा, बुबा, नजिकको नातेदार, जन्मजात मुटुरोगी, नजिकको नातेदारभित्रको वैवाहिक सम्बन्ध अन्य कारणमा अनौठो रूप लिएर बच्चा जन्मनु, बच्चामा क्रोमोजोमको गडबढी हुनु ।

    लक्षण

    मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृतिहरू हुन सक्दछ । करिब २/३को लक्षण जन्मेको एक महिनाभित्र देखा पर्ने डा. शर्मा बताउनुहुन्छ । १/३ नवजात शिशुको समयमै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् । कुनै जन्मजातका लक्षणहरू नदेखिने कारण धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्ने हुन्छ । यदि जन्मजात मुटुरोग गम्भीर समस्या भएमा जन्मेको केही समयदेखिनै लक्षणहरू देखापर्दछन् ।

    लक्षण

    उमेर अनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने जीउ दुख्ने, जन्मँदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने । रुने बेलामा वा बल प्रयोग गर्दा नीलोपना झन् बढ्ने, सास छिटो छिटो फेर्ने, बेहोस हुने हिँड्दा छिटो थाक्ने जस्ता लक्षण देखा पर्दछन् ।

    जन्मजात मुटुरोग छातीको एक्स-रे, इसिजी, इकोकार्डियोग्राफी गरेर पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार गर्भावस्थाको १८ हप्तादेखि भुणको मुटुको भिडियो एक्स-रे गरे पनि पत्ता लगाउन सकिन्छ ।

    उपचार

    सानो प्वाल र समस्या रहित रोगमा विशेष उपचारको आवश्यकता नपर्ने चिकित्सक बताउँछन् । यस्तो अवस्थामा चिकित्सकको निर्गरानीमा बस्न चिकित्सकको सुझाव छ ।

    औषधी उपचार (हार्ट फेलर, निमोनिया रक्तअल्पता, इन्टरभेन्सन-शल्यक्रिया नगरी उपचार गर्ने) शल्यक्रिया गरिने । शल्यक्रिया पश्चात् रोगमा निरन्तर औषधीको सेवनको साथै जिन्दगीभर चिकित्सकको निगरानी बस्नुपर्ने हुन सक्छ ।

    रोकथाम गर्ने उपाय

    जन्मजात मुटुको रोग हुन नदिन गर्भावस्थामा मधुमेह, उच्चरक्तचाप, नियन्त्रणमा राख्ने, धूम्रपान, मद्यपान नगर्ने, पौष्टिक खानेकुरा खाने, तनावमुक्त रहने, जथाभाबी औषधी नखाने, नातेदारमा वैवाहिक सम्बन्धी नराख्न र विभिन्न किसिमका विकिरणबाट टाढै रहन चिकित्सकको सुझाव छ । अस्पतालमा १५ वर्ष मुनीका बालबालिकामा देखिने मुटुरोगको निःशुल्क उपचार गर्दै आएको छ ।

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.