• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महिलालाई उद्यमी बनाउन राष्ट्रिय सम्मेलन


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • उद्यमशीलतामा महिला सहभागिता बढाउने लक्ष्यसहित भैरहवामा हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ को तयारी पूरा भएको छ । ‘महिलालाई लगानी, घर–घरमा उद्यमी’ नाराका साथ भैरहवामा शुक्रबारदेखि दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’ हुन लागेको हो ।

    Advertisement

    नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा हुने सम्मेलनको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    महासंघको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठका अनुसार सम्मेलनले उद्यमशिलतामा महिला सहभागिता बढाइ महिला उद्यमीको सशक्तिकरणमा जोड दिएको छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा नेपालका ७७ वटै जिल्लाबाट दुई सय ५० देखि तीन सय जना महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाको सहभागिता रहने जानकारी दिइएको छ । सभापति श्रेष्ठले समितिले पहिलो पटक यो सम्मेलनको आयोजना गरेको र आगामी वर्षदेखि प्रत्येक वर्ष सातवटै प्रदेशमा सञ्चालन गरिने बताउनुभयो ।

    ‘‘घरयासी कामकाजमै सीमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न सकेका छैनन्’’, श्रेष्ठले भन्नुभयो, ‘‘उद्यमशिलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या छ ।’’ उहाँले त्यस्ता महिलालाई सशक्तिकरण गराई शिक्षासहितको आत्मबल प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

    उहाँका अनुसार, सम्मेलनमा सहभागी महिला उद्यमीबिच भेटघाट र परिचयको माध्यमबाट आपसमा नेटवर्क तयार पारिने छ र आफूले उत्पादन गर्ने बस्तुको बारेमा चिनारी गराइ ती बस्तुको बजारीकरण गराउने उपयायको खोजी गरिने छ । वित्तीय व्यवस्थामा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको यथार्थताका बारेमा व्यापक छलफल गरी समाधान खोजिने छ ।

    महिला उद्यमशिलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती तथा युवा महिला उद्यमको स्टार्टअपका लागि गरिएका पहल साथै भएका विषय लगायतका पाँचवटा विषयमा विज्ञसहितको घुट्टाछुट्टै प्यानलमा छलफल गरिने छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मेलनबाट प्राप्त नतिजालाई दस्ताबेजको रुपमा नेपाल सरकार समक्ष बुझाइने बताउनुभयो । उहाँले यो सम्मेलनले उद्यमशिलतामा महिलालाई प्रोत्साहित गरी औपचारिक अर्थतन्त्रमा न्यून हिस्सा रहेको महिला उद्यमीको सङ्ख्यामा उलेख्य सुधार ल्याउने दाबी गर्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले स्वदेशमा अवसर नेदेखेर विदेशिन खोजेका युवतीलाई स्वदेशमैं उद्यमशिलताको सम्भावनाको बाटो देखाउँदै विदेश पलायन हुने प्रवृत्तिमा सुधार ल्याउन यो सम्मेलन गरिएको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा सम्मेलन हुन लागेको हो ।

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.