• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘बैङ्किङ प्रणालीमा समस्या छैन’


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले नेपालका बैङ्कहरू सबल अवस्थामा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार बनेपामा आयोजना गरेको एड्भान्स बैङ्किङ तालिम कार्यक्रममा उहाँले बैङ्कहरूसँग पर्याप्त तरल सम्पत्ति रहेकाले कुनै पनि बैङ्क डुब्ने अवस्था नदेखिएको बताउनुभयो ।

    Advertisement

    बैङ्कहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गरी करिब १८ खर्ब तरल सम्पत्ति रहेकाले बैङ्किङ प्रणाली मात्रै नभएर अहिले कुनै पनि बैङ्कमा समस्या नरहेको उहाँको भनाइ थियो ।

    “बैङ्कहरूले सरकारी ऋणपत्र र बन्डहरूमै साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्,” उहाँले भन्नुभयो, “यसबाहेक सिआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,” बैङ्कहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति छ ।”

    यसबाहेक पाँच लाखसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । सिडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैङ्कहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको र दुई खर्ब १८ अर्ब रुपियाँ खराब कर्जा व्यवस्थापन (प्रोभिजनिङ) गरेको उहाँले जानकारी दिनुभयो ।

    खराब कर्जाबापत बैङ्कहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको तर, पछिल्लो समय बैङ्कको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैङ्किङ क्षेत्रमा समस्या आउन सक्ने चेतावनी उहाँले दिनुभयो ।

    “केही व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्नु हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,” उहाँले भन्नुभयो, “कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।”

    कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैङ्किङ क्षेत्रमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताउनुभयो ।

    “बैङ्किङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैङ्किङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन,” उहाँले भन्नुभयो, “दक्षिण एसियामा नेपालको बैङ्किङ क्षेत्र सबल छ । भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्याका समयमा पनि केन्द्रीय बैङ्कले विभिन्न सहजता प्रदान गरेको थियो हामी डराउनु पर्दैन ।”

    कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले बैङ्किङ क्षेत्र संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राख्नुभयोे ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.