• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सेयर बजारमा उछाल लगानीकर्तामा खुसीको बहार


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • निरन्तर ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजारले सोमबार खुसीको बहार ल्याइदिएको छ । सेयर बजार मापक नेप्से परिसूचकले ११८ को फराकिलो अङ्कले फड्को मार्दा लगानीकर्ताको मनोवैज्ञानिक बिन्दुभन्दा तल रहेको बजार एकाएक माथि उठेको छ ।

    Advertisement

    सोमबार देखिएको सत्ता समीकरण तथा नियामक मन्त्रालयका रूपमा रहेको अर्थ मन्त्रालयमा नयाँ अर्थमन्त्री आउने हल्लासँगै सुधारिएको नेप्सेमा तीन पटक सर्किट ब्रेक लागेको छ ।

    सोमबार नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेर छ प्रतिशतले उकालो लागेर कारोबार बन्द भएको छ । सोमबार पहिलो ३:३० सेकेन्डमा चार प्रतिशतले बजार उकालो लागेपछि २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो । बजार खुलेको १ मिनेटमा पुनः दोस्रो सर्किट ब्रेक गरेर नेप्से पाँच प्रतिशतले बढेको थियो र ४० मिनेटका लागि बजार बन्द भएको थियो । दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि बजार खुलेको १ मिनेटमै नेप्से सूचक छ प्रतिशत बढेको थियो र तेस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि सोमबारका लागि कारोबार नै बन्द भएको थियो ।

    तेस्रो सर्किट ब्रेक लाग्दा नेप्से ११७.७० अङ्कले उकालो लागेर २०७८ को बिन्दुमा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि १९.५४ अङ्कले उकालो लागेर ३६९.२७ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से छ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ५.५८ प्रतिशतले उकालो लागेको छ ।

    आज ४१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । केबल ३२ मिनेट मात्रै खुलेको सोमबार २३७ कम्पनीको नौ लाख ३४ हजार ९१९ कित्ता सेयर तीन हजार ८६३ पटक खरिदबिक्री हुँदा ३७ करोड ५२ लाख नौ हजार ९७८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर ४५ हजार ४४२ पटक खरिदबिक्री हुँदा दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

    तीन महिनापछि छ प्रतिशतको वृद्धि

    सेयर बजारमा करिब तीन महिनापछि छ प्रतिशतको वृद्धि भएको हो । यसअघि गत मङ्सिर २४ गते आइतबारका दिन नेप्से परिसूचक छ प्रतिशतले उकालो लागेर बन्द भएको थियो । सो दिन १११.२० अङ्कले उकालो लागेर १९६३.९८ बिन्दुमा पुगेको थियो । त्यसयता सोमबार नै उच्च वृद्धि हो ।

    सोनापुरकै सर्वाधिक कारोबार

    सोमबार चार करोड ५० लाख ३३ हजार २३९ रुपियाँ बराबरको सेयर कारोबार भएर सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

    हिमालयन रिइन्स्योरेन्सका दुई करोड ९९ लाख ७५ हजार ३९५ रुपियाँ र शिवम् सिमेन्टको दुई करोड ७६ लाख पाँच हजार ३२४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

    म्युचुअल फन्डबाहेक सबै उकालो

    दोस्रो दिन कारोबारमा आएका उपसमूहको परिसूचकमध्ये म्युचुअल फन्डबाहेक बाँकी १२ उपसमूहको परिसूचक उकालो लागेको छ । अघिल्ला दिनहरूमा दुईदेखि तीन प्रतिशतको वृद्धिदरमा रहेका उपसमूहमा सोमबार करिब आठ प्रतिशतको वृद्धिदर पुगेको छ ।

    हौसिए लगानीकर्ता

    राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतियता निरन्तर ओरालो लागिरहेकोमा बजारले माथि उठ्नका लागि माहोल कुरिरहेको बताउनुहुन्छ इन्दिरा सेक्युरिटिजका सञ्चालक विष्णु गिरी । जहिले पनि आफ्नो अनुकूल माहोल खोज्ने सेयर बजारका लागि सोमबार विकसित राजनीतिक घटनाक्रमले सघाएको उहाँको भनाइ छ ।

    बैङ्किङ प्रणालीमा तरलताको अवस्था उच्च रहेको तथा सेयर बजारलाई चाहिने नीतिगत सुधार जस्ता कुराको तादम्यता नमिल्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै उहाँले लगानीकर्तालाई निर्धक्क लगानी गर्ने वातावरण मात्रै बनाइदिए पुग्ने बताउनुहुन्छ ।

    अर्थमन्त्रीकै कार्यशैलीमा निर्भर

    सोमबार देखिएको बजारको टे«न्ड आगामी दिनमा कसरी जान्छ भन्ने कुरा पनि महत्वपूर्ण रहेको बताउनुहुन्छ लगानीकर्ता ईश्वरी पौडेल । नयाँ आउने अर्थमन्त्रीले के कसरी काम गर्छन् भनेर बजारका लगानीकर्ताले नियालिरहेको भन्दै उहाँले अर्थमन्त्रीकै कार्यशैलीमा सेयर बजारको आगामी यात्रा तय हुने उहाँको भनाइ छ ।

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.