• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मुन्नासँग महाजात्रा संवाद- सबै वर्गले आफ्नो कथा भेट्नेछन्


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ, ४ चैत । मुन्ना ठाकुर अहिले फिल्म प्रेमी दर्शकको लागि परिचित नाम बनिसकेको छ । फिल्म ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् । प्राय निर्माता तथा निर्देशक उनलाई स–साना भूमिकामा अभिनय गराउन तत्पर छन् । तर, उनलाई फिल्ममा स्थापित गराउने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ । फडिन्द्र (विपिन कार्की) र जोएश (रवीन्द्रसिंह बानियाँ) सँग उनको समान्तर भूमिका छ । 

    Advertisement

    निर्देशक तथा लेखक प्रदीप भट्टराईले मरिहत्ते गरेर अभिनेता झालाई ‘जात्रा’ मा ल्याए । मैथली नाटक, रेडियोका लागि नाटक उत्पादन र फिल्मको स–साना भूमिकामा रमाईरहेका अभिनेता झा अहिले पूर्ण रुपमा फिल्ममै व्यस्त छन् । उनको मुन्ना अवतारलाई आउँदो चैत्र ९ गते ‘महाजात्रा’ मा पुनः हेर्न सकिनेछ । जहाँ उनले गर्ने जात्राले दर्शकलाई रमाइलो दिने नै छ । 

    ‘मुन्ना सोझो व्यक्ति हो । तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने । 

    सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाए पनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए । यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै संदेश मुलक बनेको उनले बताए । 

    ‘फिल्मले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मीशैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ । यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने, ‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौँमा सङघर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’ 

    उनले ‘नाई’ नेपालका हरेक कुनामा पाइने र सहजै समाज अनुसार आफूलाई ढाल्ने सक्ने संदेश पनि रहेको बताए । ‘नेपालमा कसैलाई कहिँ बस्न, व्यापार गर्न विभेद छैन । मुन्ना सपना बोकेर आएको थियो, उसलाई सुख दुखमा साथीहरूले साथ दिईरहेका छन् । यो पात्रले भन्न खोजेका त्यस्ता धेरै तथ्य छन्’, उनले भने । 

    नाटकले पहिचान र अभिनय सिकाएको अभिनेता झालाई फिल्मले दाम दिएको छ । उनी नाटकबाट कमाइ नहुने भाष्यमा सहमत छैनन् । ‘नाटकमा दर्शक कम हुने भएकाले आम्दानी त्यहि अनुपातमा हुन्छ । तर, फिल्मको दर्शक धेरै भएकाले आम्दानी बढी देखिने स्वाभाविक हो । कमाई दुवैमा छ, दर्शक अनुसार अनुपात घटबढ हुनु स्वाभाविक हो’, उनले भने । 

    उस्तै किसिमको भूमिका वा ‘टाइप कास्ट’ भइरहेको महसुश गरेका अभिनेता झाले निर्देशक र निर्माताले ‘रिस्क’ लिन नचाहेको महसुश गरेका छन् । किनकि उनले नाटक, मैथली र भोजपुरी फिल्ममा नकारात्मकदेखि फरक भूमिका निर्वाह गरिसकेका छन् । तर, ‘जात्रा’ हिट भएपछि उनलाई उस्तै भूमिका मात्र अफर भयो । 

    ‘मैले भिलेनदेखि विभिन्न पात्रमा आफूलाई प्रस्तुत गरेको छु । तर, जात्राले दिएको पहिचानलाई अन्य मेकर्सले निरन्तरता दिन खोज्नु भो । मैले अभिनयलाई निरन्तरता दिनु थियो । दर्शकले पनि स्वीकार गरिरहनु भएकाले त्यसलाई फरक रुप दिन खोजेर देखिदा केहीमा टाइप कास्ट देखिएँ’, अभिनेता झाले भने । 

    फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

    आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

    फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

    ट्रेलर लिंक : https://youtu.be/_E9H8VyuqnI?t=27

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.