• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उवासंघ चितवनद्धारा उपप्रधान तथा गृहमन्त्रीलाई स्वागत , सरकारको आगामी बजेटले निजीक्षेत्रलाई ऐतिहासिक उत्साहित बनाउँछ :लामिछाने


  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले शनिबार एक कार्यक्रमका विच नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रमुख अतिथी रहनु भएको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले नेपाल सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटले निजी क्षेत्रलाई ऐतिहासिक उत्साहित बनाउने वताउनु भयो । त्यहि अनुसार नै सरकार नीति, कार्यक्रम तथा बजेट निर्माणमा जुटेको उहाँको भनाई थियो । साथै उहाँले उदाहारणीय काम गरेर देखाउन आफ्नो पार्टी सरकारमा सामेल भएको समेत दावी गर्नु भयो । आफु सभापति रहेको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)लाई जनताले अत्याधिक आशा गरेको पार्टीको रुपमा चर्चा गर्दौ लामिछानेले जनताको आशाप्रति आफु र आफ्नो पाटी जिम्मेवार रहेको वताउनु भयो ।

    आर्थिक उन्नतीको जग नवसालेसम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने वताउँदै लामिछनेले व्यवसाय मैत्री नीति निर्माणमा सरकारले ध्यान दिनुपर्ने वताउनु भयो । सहकारीको समस्या साधानमा फास्टट्रयाकमा कानुन निर्माण बनाएर समाधान गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा गृहमन्त्री लामिछनेले संघले माग गरेका लगानी चितवन सम्मेलन, अन्तर्राष्ट्रिय कृषि प्रदशनि र idea bank को काम सुरु गर्न संघलाइ अनुरोध गर्दै आफुले सहयोग गर्ने जनाउनु भयो। साथै रात्रिकालिन बजारको लागि आफुले पहल गर्ने बताउदै निर्धक्क रुपमा ब्यवसाय चलाउन अनुरोध गर्नु भयो।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनको निजी क्षेत्रको अवस्था, आर्थिक मन्दिको असर, समग्र चितवनको आर्थिक तथा सामाजिक विकासमा उद्योग वाणिज्य संघ चितवनको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो । उद्योग वाणिज्य संघ–चितवन २०१६ सालमा स्थापित नेउवामहासंघको संस्थापक सदस्य रहेको संस्था भएको वताउँदै श्रेष्ठले संघ नेपालमा मेलामहोत्सव आयोजना गर्ने पहिलो संस्था भएको वताउनु भयो । चितवनमा पाल्ट्री एक्सपो गर्दै जिल्लालाई विभिन्न उत्पादनको केन्द्रको रुपमा स्थापना गर्नमा उवासं चितवनले उल्लेख्य योगदान पु¥याएको वताउँदै उहाँले संघले हाल सम्म १४ वटा महोत्सव आयोजना गरिसकेको जानकारी दिनु भयो ।

    ६५ बर्ष भन्दा लामो ईतिहांस बोकेको उवासंघ चितवनले राज्यलाई निरन्तर सहयोग गर्दै व्यवसायीक हितका सवालमा राज्य र राज्य संयन्त्रलाई राय सुझाव पनि पेश गर्दै आइरहेको वताउँदै हाल कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई विकासका मुख्य आधार बनाई आफ्ना गतिविधि गर्दै आइरहेको वताउनु भयो । आगामी बर्षको बजेट के कस्तो हुनुपर्दछ भन्ने सवालमा समेत संघले यस अगावै अर्थ मन्त्रालयमा सुझाव पठाईसकेको जनाउँदै उहाँले ति सुझावहरुलाई सम्बोधन हुने व्यवस्थाका लागि गृहमन्त्री लामिछानेलाई अनुरोध गर्नु भयो ।

    अध्यक्ष श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भुमिका महत्वपुर्ण रहने बताउँदै देशमा बढ्दो श्रम पलायन रोक्दै उत्पादन बढाउन सके देश आर्थिक समृद्धिको वाटोमा जाने बताउनु भयो । उहाँले निर्माणाधी अवस्थामा रहेको गौतमवुद्ध अन्तररष्ट्रिय क्रिेकेट रङ्गशाला निर्माणमा तिब्रता दिनका साथै पोखरा बसपार्क देखी गोलाघाट सम्मको नारायणी किनारमा सडक विस्तार लगायत नवलपुर सँग जोड्ने पुलको निर्माण गरी पर्यटकीय गतिविधि बढाउन, रात्रिकालिन बजार सन्चालन गर्न लगाएतका ब्यवसायिक विषयमा गृहमन्त्रीको ध्यानार्कषण गराउनु भएको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष एवं रास्वपाका केन्द्रिय सदस्य राजन गौतमले आउट डेटेड भएका पुराना निति खारेज गरि समयानुकूल बनाउन माग गर्नु भयो ।, कार्यक्रम मा संघका विशिष्ट सदस्यहरु विमल क्षेत्री, डा. मनोहर प्रधान, सुर्यनारायण पौडेलले शिक्षा , पर्यट, र स्वास्थ्य क्षेत्रका समस्या र शुझाब सहिताका मन्तब्य दिनु भएको थियो । सोहि अवसरमा सघका पुर्ब उपाध्यक्ष सिरिस पन्त, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण), कम्प्युटर एसोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषाल, निर्माण सामाग्री (हाडवेर) व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष हरि प्रसाद गैरेलगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदीले कार्यक्रममा उठेका विषयहरु संवोधन हुने कुरामा विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले संचालन गर्नु भएको थियो ।

    शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.