ग्लोबल आइएमई बैंक लिमिटेड र होटल आइकावा इन प्रा.ली बीच ग्लोबल आइएमई बैंकका सेवाग्राहीहरुलाई होटलबाट सेवा लिएबापत छुट प्रदान गर्ने समझदारी पत्रमा जेठ २४, २०८१ मा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्र अनुसार ग्लोवल आइएमई बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिएबापत १० देखी १५ प्रतिशत सम्म छुट प्राप्त गर्ने बैंकका बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिनुभयो । होटल आइकावा इन प्रा.ली सौराहा चितवनमा अवस्थीत एक मात्र चार तारे होटल हो ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जल्लिामा शाखा सञ्जाल रहेको नजी क्षेत्रको पहिलो वाणज्यि बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटएिम, २७७ शाखा रहति बैंकङ्गि सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशकि प्रतनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गररिहेको छ ।
बैंकले संयुक्त राज्य अमेरकिा, संयुक्त अधरिाज्य, क्यानडा, अष्ट्रेलयिा, मलेसयिा, दक्षणि कोरयिा, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमट्यिान्स भत्र्यिाउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
