नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवन च्याप्टरले मिति २०८१ साल असार महिना ८ गते शनिबारका दिन भरतपुर स्थित होटल सिराइचुलीमा प्रमुख अतिथि डा विश्वनाथ पौडेलज्यूको उपस्थितिमा “उद्यमीका लागि आज र भोलिको नेपाली अर्थतन्त्र” शीर्षकको सिकाइ कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पौडेलले नेपालको अर्थतन्त्रको वर्तमान र भावी अवस्था र उद्यमीहरूमा पर्ने असर बारे आफ्नो अन्तर्दृष्टि साझा गर्नु भएको थियो ।
भरतपुरको सिराइचुली होटलमा भएको उक्त कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा उद्यमीहरूले आर्थिक प्रवृत्ति, चुनौती र अवसरहरूको बारेमा जान्न अवसर पाएका थिए। चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको उपस्थितिले आर्थिक परिदृश्यमा स्थानीय परिप्रेक्ष्य प्रदान गर्दै छलफललाई थप महत्व दिएको थियो ।
कार्यक्रमको अध्यक्षता चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले गर्नु भएको थियो , सहजीकरण चितवन च्याप्टरका कार्यकारी समिति सदस्य दिलीप पौडेलले गर्नु भएको भएको थियो भने स्वागत मन्तव्य मार्फत सन्तोष कंडेलले सम्पूर्ण उपस्थित ब्यक्तिहरुलाई स्वागत गर्नु भएको थियो।
