चितवन, २०८१ साउन ५ – सेवा र विकासका लागि युवा केन्द्रीय समिति २०८१/०८३ गठन भएको छ। सो समिति नेपालको विभिन्न जिल्लाका युवाहरूलाई संगठित गरी सेवा र विकासका कार्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गठन गरिएको संस्थाले जनाएको छ ।
समितिका पदाधिकारीहरू र सदस्यहरू निम्नानुसार रहनु भएको छ :पदाधिकारीहरू:
केन्द्रीय अध्यक्ष: डा. देवेन्द्र कण्डेल (चितवन)
केन्द्रीय उपाध्यक्ष: रामचन्द आचार्य (नवलपुर)
केन्द्रीय उपाध्यक्ष: डा. दीर्घराज जोशी (कैलाली)
केन्द्रीय सचिव: खगेन्द्र बहादुर क्षेत्री (खपन्देही)
सह-सचिव: सुरेन्द्र प्रसाद भट्ट (कैलाली)
सह-सचिव: विपिन कण्डेल (चितवन)
सह-सचिव: डा. सुवास गुप्ता (पर्सा)
कोषाध्यक्ष: राजु सापकोटा (चितवन)
कार्यकारी निर्देशक: अर्जुन वगाले (चितवन)
सदस्यहरू:उर्मिला भट्ट (काठमाडौं)
परशुराम पोखेल (काठमाडौं)
कविता खतिवडा घिमिरे (चितवन)
वृन्दा वि.क. (काभ्रे)
डा. विनय कुशवाह
सुबोध चटौत (कञ्चनपुर)
जुनु शेर्पा (इलाम)
सचिन लामिछाने (काठमाडौं)
सुवेन्द्र प्रसाद यादव (रौतहट)
कुशल सापकोटा (चितवन)
वर्षा सापकोटा (नवलपुर)
राधा ढकाल (लमजुङ)
डल्लीराम ढुंगेल (काठमाडौं)
सल्लाहकारहरू:
आर्थिक सल्लाहकार: अर्पण पौडेल (काठमाडौं)
कानुनी सल्लाहकार: मिलन अधिकारी (कास्की)
संरक्षक:नारायण प्रसाद ढकाल समितिको गठन समारोहमा, अध्यक्ष डा. देवेन्द्र कण्डेलले युवाहरूको सक्रिय सहभागिता र समर्पणको आवश्यकता औंल्याउँदै आगामी कार्ययोजनाबारे चर्चा गर्नु भएको थियो।
उहाँले भन्नु भयो, “यस समितिको लक्ष्य समाजमा दिगो विकासका कार्यहरू गर्दै सामाजिक, आर्थिक, र शैक्षिक क्षेत्रहरूमा सुधार ल्याउनु हो।”
कार्यक्रममा उपाध्यक्ष रामचन्द आचार्यले समितिको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै भन्नु भयो, “यस समिति मार्फत युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्दै सामुदायिक सेवा कार्यहरूलाई व्यापक बनाउन चाहन्छौं।”
समितिको गठनसँगै विभिन्न परियोजनाहरूको योजना पनि प्रस्तुत गरिएको थियो, जसमा ग्रामिण विकास, शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणका कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ ।
सदस्यहरूका भनाइमा, विभिन्न जिल्लाहरूबाट युवाहरूको प्रतिनिधित्व हुनु समितिको बलियो पक्ष हो, जसले सबै क्षेत्रमा समान रूपले सेवा पुर्याउने सुनिश्चितता प्रदान गर्दछ।
गठन समारोहमा सम्माननीय संरक्षक नारायण प्रसाद ढकालज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँले समितिको सफलताको शुभकामना व्यक्त गर्दै, युवाहरूको यस योगदानले समाजमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास प्रकट गर्नु भयो ।
आगामी दिनहरूमा समिति विभिन्न सामाजिक संघ-संस्थाहरू, सरकारी निकायहरू, र अन्तर्राष्ट्रिय संगठनहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ। युवा शक्तिलाई एकत्रित गरी देशको समृद्धिमा योगदान पुर्याउने यो समितिको प्रयासलाई सबैले हार्दिक स्वागत गरेका गर्नु भएको छ ।
