एडभेन्चर टे«डर्स प्रा.लि.को आयोजनामा भरतपुर–१०, चितवनमा रहेको आफ्नै भवनबाट “तपाईं बजार” को एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
एडभेन्चर टे«डर्स प्रा.लि.की संरक्षक मुनादेवी कर्माचार्यको सभाध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि श्रेष्ठले ग्राहकहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ शुभारम्भ गरिएको तपाईंको बजारको सफलताको शुभकामना व्यक्त गर्नुभयो, श्रेष्ठले ग्राहकहरुको चाहना अनुसार एउटै छातामुनी जुनसुकै सवारी साधनहरुको बिक्री वितरण हुने भएकोले यो बजारको भविष्य निकै राम्रो हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराईले चितवनको बजारमा ग्राहकहरुले “तपाईं बजार” जस्तो संस्था खोजिरहेकोले यसले परिपूर्ति गर्ने बताउनुभयो ।
त्यस्तै एसएमएस सर्भिसेस गु्रपका प्रमुख कार्यकारी अधिकृत सुशिल संग्रौलाले “तपाईं बजार” को बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । संगौलाले चितवनमा पहिलो शाखा सञ्चालन लगत्तै यस कम्पनीले नेपालभरीका मुख्य शहरहरुमा आफ्नो शाखा बिस्तारको योजना तय गरेको समेत जानकारी गराउनु भयो ।
“तपाईं बजार” के हो ?
तपाईको बजार एसएमएस सर्भिसेस ग्रुपद्धारा सञ्चालित ब्राण्ड हो । काठमाण्डौंबाट तीनवर्ष अगाडि शुरु भएको तपाईको बजारले आफ्नो पहिलो शाखाको रुपमा भरतपुर महानगरपालिका वडा नं.१०, रिजालचोकमा एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । तपाईको बजारको सहकार्यको चितवनको बजारमा एडभेन्ञ्चर टेडर्स प्रा.लि.सँगको सहकार्यमा सञ्चालन हुन लागेको हो ।
तपाईको बजारले नेपालमा पहिलो पटक एउटै छाताबाट विभिन्न किसिमका सवारी साधानहरु (हिरो, यामाहा, बजाज, होण्डा, टिभिएस, जिहो, वोकाया, सेगवे, लुयान, लिफान, आईमा, सिएफमोटो, याडिया) लाई सहज तरिकाले फाइनान्सको साथै बिक्रीको सुविधा प्रदान गर्दै आईरहेको छ ।
यहाँ नेपालमा पाईने सबै ब्राण्डका नयाँ दुई पाङ्ग्रे सवारी साधान, इलेक्ट्रिक स्कुटरका साथै पुराना दुईपाङ्ग्रे सवारी साधान र पुराना चारपाङ्ग्रे सवारी साधानको सहज फाइनान्सको सुविधाको साथै बिक्री वितरणको सुविधा रहेको छ ।
सवारी साधानहरुको बिक्री गर्दै आएका विभिन्न कम्पनीहरु भन्दा यस कम्पनीबाट ग्राहकहरुले एकै थलोबाट फरक किसिमको सेवा, सुविधाहरु प्राप्त गर्दै आईरहेकोले यस कम्पनी प्रतिको आर्कषणका कारण चितवनमा उक्त कम्पनीको शाखा सञ्चालनमा ल्याईएको हो । यस कम्पनीमा कुनैपनि ग्राहकले जुनसुकै सवारी साधान बिना ग्यारेन्टी, विना घरधनीको कागजात आफ्नो कमाईको आधारमा आन्मनिर्भर भएर सहजै फाइनान्सको सुविधा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । यस कम्पनीले नयाँका साथसाथै पुरानो सवारी साधानहरुमा लगानी गर्ने गर्दछ ।
कार्यक्रमलाई एडभेन्चर टे«डर्स प्रा.लि.का प्रबन्ध निर्देशक नविन सागर कर्माचार्यले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

