• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सिमलताल घटना अध्ययन कार्यदलको समय सरकारले ७ दिन थप्यो


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • चितवनको सिमलतालमा दुइवटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ।

    Advertisement

    कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।

    ‘गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी आएको छ। हामीले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँग छलफल गरेका छौं,’ रिजालले भने, ‘प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको हो।’

    अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।

    ‘हामीले घटनाका सम्बन्धमा विस्तृत अध्ययन गरेका छौं, स्थानीयबासी, दुर्घटनाका घाइतेसँग कुराकानी गरेका छौं। राजमार्ग सञ्चालनका क्रममा अपनाउन नसकिएको सावधानी, सडक सुरक्षासँग जोडिएका विषयहरू पहिल्याएका छौं। त्यही आधारमा प्रतिवेदन तयार पारेर बुझाउनेछौं,’ उनले भने।

    कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुईवटा बगाएको देखाएको छ। सडक डिभिजन भरतपुरले यही कुरालाई औंल्याएको थियो।

    सिमलतालको भेलबाढी गएको स्थान सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइवटा खोल्सी मिसिन्छ।

    दाहिनेतर्फको खोल्सीमा पानी र थोरै परिमाणमा डेब्रिज अर्थात् गेग्रान बहाव भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। देब्रेतर्फबाट भने उच्च पानी र गेग्रान बहाव भएको देखिएको उल्लेख गरिएको छ। जसका कारण करिब ५।५ मिटर चौडाइको खोल्सी खोतलिएको सडक डिभिजन भरतपुरका एक कर्मचारीले जानकारी दिए।

    यसरी गेग्रान र पहिरो आउने खोल्सीको स्रोत पहिल्याउँदै जाँदा राजमार्गदेखि ९०० मिटर माथि पहिरो फेला परेको प्रतिवेदनमा उल्लेख छ।

    पहिरोको स्रोत भर्खरै खनिएको ग्रामीण सडक हो। त्यस ठाउँमा कविलासबाट डुम्रेबेँसीसम्म जाने सडक ट्र्याक पहिले नै खनिएको थियो। त्यही गाउँ भएर डुम्रे लेकसम्म पुग्ने नयाँ ट्र्याक खनेको भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष सूर्यबहादुर गुरूङले बताए। वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर नयाँ ट्र्याक खोलेको थियो। सडक खन्दा निस्केको माटो पाखा र खोल्सीमा हालिएको थियो।

    सडक डिभिजन भरतपुरले पनि त्यही नयाँ सडकलाई पहिरोको स्रोतको रूपमा उल्लेख गरेको छ। त्यही पहिराको माटोलाई अविरलरूपमा परेको वर्षात्ले बगाउँदा गेग्रान बहावको रूप लिएको र गाडी नै बगाउने विपद् निम्तिएको निष्कर्ष छ।

    ‘पहिराको स्रोत हालै माथिदेखि तलतर्फ करिब ६५० मिटर लामो र ५ मिटर चौडाइमा खनिएको ग्रामीण सडक देखिन्छ। उक्त सडकमा ’स्लोप प्रोटेक्सन’ र नाला व्यवस्थापनमा कुनै काम गरेको छैन,’ गेग्रान बहावको कारण पहिल्याउँदै भनिएको छ।

    उक्त ग्रामीण सडकको पहिलो मोडदेखि पाँचौं मोडसम्मको जमिन ७० सेन्टिमिटरदेखि २।३ मिटरसम्म भासिएको देखिएको छ। त्यस्तै सडकको दायाँबायाँ जमिन चिरा पर्नुका साथै बाटो खनेर पुरेको माटो पनि भास्सिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

    बाटोको माथिल्लो भेगको पहाड देखिमुनि कटान गरिएको ठाउँको ’स्लोप फेलियर’ भएको पाइएको प्रतिवेदनमा चित्रण गरिएको छ। यसका अतिरिक्त दोस्रो घुम्तीनजिकै पानीको नयाँ मूलसमेत पलाएर बगेको देखिएको कारण औंल्याइएको छ।

    असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

    गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ।

    यही घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।

    कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन्।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.