• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

सुत्केरी नभए पनि किन चुहिन्छ दूध ? कसरी गर्ने उपचार र रोकथाम ?


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • सुत्केरी भइसकेपछि स्तनबाट दूध आउँनु सामान्य मानिन्छ । कतिपय महिलाको गर्भावस्थाकै बेलामा पहेंलो र सेतो तरल पदार्थ स्तनबाट निस्कन्छ, यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर कति महिलामा सुत्केरी नभई पनि दूध वा अन्य तरल पदार्थ चुहिने हुन्छ । यसलाई सामान्य अवस्था मान्न सकिंदैन । यसलाई चलनचल्तीमा ‘निप्पल डिस्चार्ज’ भन्ने गरिन्छ ।

    Advertisement

    स्तनबाट तरल पदार्थ बग्नुमा एउटा मात्र नभई धेरै कारण हुनसक्छन् ।

    स्तन क्यान्सर
    यदि महिलाको स्तनबाट रक्तमिश्रित स्राव भइरहेको छ । साथै, स्तनभित्र गाँठो छ, निप्पलमाथिको छाला बाक्लो हुँदै गएमा यी स्तन क्यान्सरका लक्षण हुनसक्छन् । त्यसैले कुनै महिलाको स्तनमा गाँठो अनुभव हुन्छ । र, स्तनबाट रातो रङको स्राव हुन थालेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

    पिट्युटरी ग्रन्थीमा ट्युमर
    मस्तिष्कमा पिट्युटरी नामक ग्रन्थी हुन्छ । यसले नै शरीरका अन्य कैयौं ग्रन्थीलाई नियन्त्रण गर्छ । यसले हर्मोनहरू उत्पादन गर्न मद्दत गर्छ, जसले वृद्धि विकास, रक्तचाप, प्रजनन् र अन्य धेरै महत्त्वपूर्ण कार्य नियन्त्रण गर्छ ।

    तर कुनै कारणवश महिलाको पिट्युटरी ग्रन्थीमा ट्युमर पलाएमा यसको एक संकेतको रुपमा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ ।

    प्रोल्याक्टिन हर्मोन असन्तुलन
    शरीरमा प्रोल्याक्टिन हर्मोन बढ्दा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ । प्रोल्याक्टिनले महिलामा डिम्ब निष्कासनमा असर गर्छ, जसले महिनावारी चक्रमा नकारात्मक प्रभाव पार्छ। यस अवस्थामा शरीरले प्रोजेस्टोरोनले हर्मोन उत्पादन गर्न सक्दैन । यसको प्रभाव स्वरूप स्तनबाट असामान्य किसिमको स्राव हुन्छ ।

    केही औषधि
    उच्च रक्तचाप, एन्टिडिप्रेसेन्ट, एन्टिसाइकोटिक्स र सेडेटिभजस्ता मानसिक समस्यामा प्रयोग हुने औषधिहरूले गर्भावस्था र स्तनपान बाहेकको अवस्थामा स्तन स्राव गराउन सक्छ । यी औषधिले शरीरमा प्रोल्याक्टिन हर्मोनको उत्पादन बढाउँछ, जसले निप्पल डिस्चार्ज हुनसक्छ ।

    स्तन संक्रमण
    स्तनमा संक्रमण भएमा सुन्निएर पिप भरिन्छ । यस अवस्थामा निप्पल भित्रतिर गाडिएको जस्तो देखिन्छ । संक्रमणको अवस्थामा निप्पल र स्तनहरूमा दुखाइ महसुस हुनसक्छ । साथै पिप जस्तो पहेंलो बाक्लो स्राव हुनसक्छ ।

    स्तनमा मासु पलाउनु
    यदि कुनै कारणवश स्तनमा ‘सिस्ट’ छ भने पनि स्तनस्राव हुनसक्छ । यो समयमा हरियो र पहेंलो रङको तरल पदार्थ स्राव हुनसक्छ । कतिपय अवस्थामा रजनोवृत्ति भइसकेपछि पनि स्तनस्राव हुनसक्छ ।

    स्राव कस्तो कस्तो रङको हुन्छ ?
    पहेंलो र पारदर्शीः यदि पहेँलो र पारदर्शी रङको डिस्चार्ज दुवै स्तनबाट हुन्छ भने खासै चिन्ता लिनु आवश्यक छैन । तर एउटै स्तनबाट निस्किरहेको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

    सेतोः दूधे बच्चा हुँदा वा स्तनपान छाडेपछि पनि यस्तो स्राव देखा पर्न सक्छ । धेरै महिलामा स्तनपानबाट दूध छुटाएको दुईदेखि तीन वर्षपछि यस्तो स्राव देखिन्छ । जुन सामान्य मान्न सकिन्छ ।

    रगतको रङः स्तनको ट्युमर (प्यापिलोमा) को कारणले निप्पलबाट रातो रङको स्राव हुनसक्छ । यसबाहेक कतिपय अवस्थामा यस्तो स्राव स्तन क्यान्सरको संकेत पनि हुनसक्छ ।

    हरियोः हरियोरङ स्तनको सिस्ट, हर्मोनल असन्तुलन वा असामान्य ग्रन्थीको स्रावको कारणले पनि हुनसक्छ ।

    असामान्य रङको स्तनस्रावसँगै निप्पल वा स्तनमा कुनै प्रकारको गाँठो, घाउ, दाग र स्राव हुने, चिलाउने, सुन्निने र दुखाइको अनुभव भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

    रोकथाम तथा उपचार

    थाइराइडको समस्या छ भने यसको उपचार गराउँदा स्राव हुने समस्या नियन्त्रणमा आउँछ । यदि शरीरमा हर्मोनको स्तर ठीक छैन भने यसको उपचार गराउनुपर्छ । यदि परीक्षणबाट स्तनमा संक्रमण भएमा पूरै शरीरमा फैलिने खतरा हुन्छ । यसले पनि उच्च ज्वरो आउन सक्छ । तसर्थ स्तन दुख्ने, सुन्निने वा कुनै भाग रातो भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

    यदि परिवारमा आमा, दिदीबहिनी कसैलाई पहिले नै स्तन क्यान्सर भइसकेको छ भने अन्य सदस्यलाई पनि हुनसक्ने हुँदा अझ बढी सावधानी अपनाउनु आवश्यक छ ।

    स्तनको छालामा केही परिवर्तन देखिएमा वा स्तनभित्र गाँठो देखिएमा दुख्ने समस्या भएमा तुरुन्त चिकित्सककहाँ गएर समयमै उपचार गराउनुपर्छ । र, वर्षमा एक पटक म्यामोग्राफी र स्तनको अल्ट्रासाउन्ड गराउनु उपयुक्त हुन्छ । हर्मोनको कारण निप्पलबाट डिस्चार्ज भएमा पनि उपचार गराउनुपर्छ ।

    स्वयं स्तन परीक्षण
    स्वयं स्तन परीक्षणसँग सम्बन्धित उचित ज्ञान हुनुपर्छ । ताकि समय–समयमा यसको मूल्यांकन गरेर स्तन क्यान्सर कोषिकाहरूको वृद्धिलाई रोक्न सकिन्छ ।बढ्दो उमेर वा रजनोवृत्तिको आसपास स्तन सम्बन्धित समस्याको जोखिम बढ्न सक्छ । त्यसैले यस्ता समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परीक्षण गराउनु बुद्धिमानी हुनेछ । -(एजेन्सी)

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.