• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भिड्दै छक्कापन्जा–५ र ज्वाइँसाब


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ व्यावसायिक भिडन्तको अवस्थामा आइपुगेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्दै आएको छक्कापन्जा चलचित्र शृङ्खलाको भाग ३ सम्म दीपक र जितु सँगसँगै थिए ।

    Advertisement

    दीपक–दीपाले ‘छक्कापन्जा–५’ बनाइरहँदा जितु नेपालले ‘ज्वाइँसाब’ बनाउनुभएको छ । छक्कापन्जा–५ मा केदार घिमिरे, निर्मल शर्मा जस्ता हास्य कलाकारको अभिनय छ । ज्वाइँसाबमा बुद्धि तामाङ र हिमेश पन्त जस्ता हास्य कलाकार छन् । कथाभन्दा बढी कमेडीप्रधान बनाउँदै आएका दीपक–दीपाको छक्कापन्जा–५ र जितु अभिनीत ज्वाइँसाब चलचित्रको प्रदर्शन मिति एकै दिन तोकिएको छ । यसले समेत दीपक–जितुको व्यावसायिक भिडन्तका रूपमा चलचित्र क्षेत्रमा बुझिन थालिएको छ ।

    ‘छक्कापन्जा–५’ को सोमबार पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको थियो । ज्वाइँसाबको मङ्गलबार पहिलो पोस्टर सार्वजनिक गरिएको छ । छक्कापन्जा–५ मा दुई व्यक्तिको प्रेमकथा देखाइएको ‘बिहे भाको छैन’ गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ । गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द तथा शर्माकै सङ्गीत छ । सुनील क्षेत्रीले कोरियोग्राफी गर्नुभएको गीतको भिडियोमा दीपकराज गिरी र वर्षा शिवाकोटीको अभिनय रहेको छ । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । चलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाईंको छायाङ्कन छ । कलाकार दीपकराज गिरीका अनुसार चलचित्र दसैँमा प्रदर्शन गर्ने भनेर पाँच महिनाअघि नै घोषणा गरिएको हो ।

    उहाँले भन्नुभयो, “हामीसँग चलचित्र जुधाउन आउनुले खासै केही तुक राख्दैन । जेठान आउँथ्यो होला ज्वाइँ आयो । साधारण कुरा हो । आफ्नो कर्म गर्ने हो महाभारतमा ठुलाबाउ, काकाबाउ त लडेका थिए, यहाँ त साथीभाइ भिड्दै छौँ ।” चलचित्र ‘ज्वाइँसाब’ का निर्देशक वसन्त निरौलाका अनुसार छक्कापन्जा–५ को प्रदर्शनसँग चलचित्र जुधाउने हिसाबले प्रदर्शन गर्न लागेको होइन । त्यही मितिमा प्रदर्शन समय पाएको हुनाले यस्तो पर्न गएको हो ।

    उहाँले भन्नुभयो, “हामीले ठुलो ब्रान्डको चलचित्रसँग कहाँ भिड्न सक्छौँ र ? यदि दसैँमा प्रदर्शन नगरिए एक वर्षसम्म चलचित्रको प्रदर्शनको समय पाउन मुस्किल रहेको छ । हामीले प्रदर्शन समय नै पाउँदैनौँ ।” निरौला निर्देशित चलचित्र ‘ज्वाइँसाब’ मा जितु नेपालको प्रमुख भूमिका छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा जितुलाई नायिका नीति शाहले साथ दिनुभएको छ । चलचित्रमा बुद्धि तामाङ, शिशिर बाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारको अभिनय रहेको छ ।

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.