• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सतीदेवी : पितृसत्तालाई कुरी कुरी


  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • ‘पितृ तार्ने एउटा छोरा चाहिन्छ’ भन्ने पितृसत्तात्मक समाजको सोचको कथा हो, चलचित्र ‘सतीदेवी’ । छोरा खोज्दाखोज्दै छोरी जन्मिएपछि घरमा सुरु हुने अवहेलना र महिला हिंसाको चित्रण हो, चलचित्र । लमजुङको एउटा विकट गाउँमा छोरी भएर जन्मिएका कारण उनीमाथि हुने अवहेलना र अत्याचारले के कस्तो घटना निम्त्याउँछ भन्ने कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा एउटी महिलाले छोरो नजन्माउँदा कतिसम्म सास्ती भोग्नु पर्छ र परिवारमा बुवाले आफ्नो दायित्व बिर्संदा छोरीले समाजमा कतिसम्म अपमानित हुनु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।

    Advertisement

    चार वटा छोरी पाएकी सतीदेवीकी आमा अझै गर्भवती नै छिन्, त्यो पनि उनको श्रीमान्लाई पाँचौँ सन्तान छोरा जन्मन्छ भन्ने ठुलो आशा छ । परिवारमा एउटा छोरो नजन्मेकै कारण अनेकन बाधा अडचन आइपरिरहन्छन् । एउटी महिलाले छोरा जन्माउन नसक्दा उनको पूरै जिन्दगी नारकीय अवस्थामा परिणत भएको हुन्छ । बाबुले आफ्नो दायित्व बिर्संदा परिवारले समाजमा कतिसम्म सास्ती भोग्नु पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।

    सतीदेवी अधिकारी (मलिका महत) जो घरकी जेठी छोरी हुन्छिन् र उनको काँधमा नै सबै जिम्मेवारी थपिएको हुन्छ । पितृसत्तात्मक सोचबाट उनको परिवार र समाज धेरै नै ग्रसित छ । परिवारमा एउटा छोरो नभएकै कारण सतीदेवीका बुवा श्रीमतीले छोरी मात्रै जन्माइरहिन् भनेर दिनहुँ श्रीमती कुट्ने, जुवा खेलेर सर्वस्व स्वाहा पार्नु, रक्सी पिउने गर्छन् । यता सतीदेवीकी आमा (सिर्जना अधिकारी) को बाध्यता र भोगेको यातना पनि कम पीडादायी देखिँदैन । बाल्यकालमा नै बिहे गर्नु, छोरी जन्माएकै कारण श्रीमान्को हिंसा सहनु, समाजको तथानाम सुन्नु उनको जीवनका भोगाइ हुन् । लैङ्गिक भिन्नताको सवालमा हाम्रो समाज अझै कहाँ छ ? भन्ने कुरा चलचित्रमा देखिन्छ ।

    चलचित्र मध्यान्तरसम्म सलल बगेको पानी जस्तै बग्छ तर मध्यान्तरपछि केही दृश्य लामा लाग्न थाल्छन् । चलचित्रका केही दृश्यले दर्शक रुवाउने नै छ । सतीदेवीले घरमा छोरा नजन्मिएर फेरि छोरी जम्मिएपछि बुवाले आमालाई मार्छन् भन्ने डर अर्काको छोरा चोरी गरेको दृश्य र सतीदेवीलाई कालो मोसोसहित जुत्ताको माला लगाएर डाँडो कटाएको दृश्यले दर्शकलाई अवश्य नै भावुक बनाउँछ । सतीदेवी गाउँबाट लखेटिएपछि काठमाडौँ पुग्छिन् जहाँ उनले होटेलमा भाँडा माझ्नेदेखि यौनधन्दा जस्ता गतिविधि गर्न बाध्य हुन्छिन् । मध्यान्तरपछिको चलचित्रको यी दृश्यले दर्शकको भावनालाई अवश्य नै बिथोल्ने काम गर्छ । यसले हाम्रो नेपाली समाजको चेतनास्तर कहाँ पुगेको रहेछ भनेर सोच्न बाध्य बनाउँछ ।

    निर्देशक लक्ष्मण सुवेदीले अघिल्ला चलचित्र ‘एउटा साथी’ र ‘लालजोडी’ बाट खासै चर्चा बटुल्न नसके पनि यो चलचित्रबाट उनको निर्देशकीय पक्ष तिखारिएको पाइन्छ । दर्शकलाई चलचित्रको माध्यमबाट कसरी भावुक बनाउन सकिन्छ भन्ने जुक्तिमा सुवेदी सफल भएका छन् । उनले चलचित्रमा दर्शक रुवाउनेदेखि यौनका विषयलाई नजानिँदो ढङ्गबाट पस्किएका छन् । निर्देशक सुवेदीले चलचित्रको छायाङ्कन र कोरियोग्राफीमा खासै ध्यान दिएको देखिँदैन । त्यसैले पनि चलचित्रभित्र यी दुवै कुरा धेरै ठाउँमा खस्किएका देखिन्छन् । प्रमुख भूमिकामा देखिएकी नायिका मलिका महत नै चलचित्रको महत्वपूर्ण पात्र हुन् । अभिनयको हिसाबले अन्य चलचित्रभन्दा उनले यसमा भरपुर मेहनत गरेकी छिन् । उनको अभिनय वास्तवमै तारिफयोग्य छ । मलिकापछि चलचित्रमा बालकलाकार हर्षिका वलीले बिर्सनै नसक्ने अभिनय कौशलता देखाएकी छिन् । उनले बोल्ने संवाद शैलीदेखि लिएर हरेक कुरामा खोट लगाउने ठाउँ छैन । कलाकार रमेश बुढाथोकीले अनुहार बिगारेर भन्ने गरेको ‘आमाछोरीको ऐँचो पैँचो, बाउछोराको लेनदेन’ थेगो र कलाकार सिर्जना अधिकारी, सुजिता शिवाकोटी, मन्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, भोला सापकोटाको अभिनयले चलचित्रलाई माथि उठाउने काम गरेको छ ।

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.