• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सेवा विस्तार गर्दै दमौली अस्पताल


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।

    Advertisement

    त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो । सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०/८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको बरालको भनाइ छ ।

    शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताउनुभयो ।

    बरालका अनुसार गत वैशाखदेखि पुनः सुरु भएको शल्यक्रियामार्फत प्रसूति सेवाबाट १९ जना लाभान्वित भएका छन् । दुई सय ९८ जनालाई भने सामान्य प्रसूति सेवा दिइएको बरालको भनाइ छ । अस्पतालमा हर्निया, हाइड्रोसिलको सर्जरी सेवा सञ्चालन गरिएको छ । अस्पताल प्रमुख डा बरालले सो सेवा दिइरहनुभएको छ ।

    त्यस्तै अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिसकेको छ । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले एकजना महिलाको पाठेघर फाल्ने शल्यक्रिया सेवा सञ्चालन गरिसक्नुभएको छ । दमौली अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा यस आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उहाँले भन्नुभयो, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।”

    अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा हाल ५७ जना मिर्गौलापीडितले डायलाइसिस सेवा लिइरहनुभएको छ । मिर्गौलापीडितले डायलासिसका लागि पालो कुर्नपर्ने अवस्थाको अन्त्य भएको छ । पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५४ शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताउनुभयो ।

    विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएका यो अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ ।

    अस्पतालमा फोहरपानी, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधिकक्ष लगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको छ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा प्रदान गर्दै आइरहेको छ । रासस

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.