श्रीलङ्काका लागि प्रश्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सुरु भएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलङ्काका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो ।
सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले प्रश्तावित राजदुत नेपालीको संसदीय प्रक्रिया शुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रश्तावित राजदुतको नाम प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले साथै प्रश्तावित राजदुत उपर उजुरी आह्वान गर्ने निर्णय भएको समेत बताउनुभयो ।
नेपालको संविधान बमोजिम सङ्घीय संसद, संसदीय सुनुवाइ समितिबाट सुनुवाई सम्पन्न भएपश्चात राष्ट्रपतिले अनुमोदन गर्ने प्रचलन छ । गोरखापत्र अनलाइनबाट
