• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ रु यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको । उहाँ भन्नुहुन्छ, “यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला ”

    Advertisement

    आँखा असामान्य रूपमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हँदै जाने, बाहिरतिर आउने, आँखाको डेढोपन र आँखा सुक्दै जाने लक्षणहरू देखिन्छन् भने बालबालिकाको आँखामा हुने क्यान्सर जस्तो घातक रोग ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ । “पाँच वर्षमुनिका बालबालिकामा यी लक्षणहरू देखिए तुरुन्त पहिचान र उपचार हुनुपर्छ”, तिलगङ्गा आँखा प्रतिष्ठानका ओकुलर ओन्कोलोजिस्ट र ओकुलोप्लास्टिक सर्जन डा स्थापित भन्नुहुन्छ, “रेटिनोब्लाष्टोमाको समयमा उपचार नहुँदा आँखाको ज्योतिमात्र गुम्दैन यसले बालबालिकाको मृत्युको जोखिमसमेत बढाउछ ।”

    प्रारम्भिक अवस्थामा समस्या पहिचान गर्न सके यो रोग फैलिनबाट बचाउन सकिने उहाँको भनाइ छ । “आँखामा ट्युमर विकास हुनुअघि नै यसको पहिचान हुनुपर्छ । यसबारे अभिभावक सुरुदेखि नै सचेत हुनुपर्छ ”, डा स्थापितको सुझाव छ ।

    विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमाको समस्या हुने गर्छ । धेरैजसो पाँच वर्षमुनिका बालबालिकामा यो समस्या देखिने गरेको चिकित्सहरूले बताउने गरेका छन् । डेढ वर्षको उमेर समूहका बालबालिकामा यो समस्या बढि देखिने गरेको डा स्थापितले जानकारी दिनुभयो । उहाँका अनुसार तिलगंगा आखाँ प्रतिष्ठानमा मात्रै वार्षिक ५० जना यस्ता नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये मधेश प्रदेशका सिरहा र सर्लाहीबाट आउने बिरामी धेरै छन् । “नेपालमा आँखा परीक्षण गर्ने चलन छैन । कतिपय बालबालिकालाई जन्मदै आँखामा यो समस्या हुन सक्छ । त्यसैले समयमै आफ्नो बालबालिको आँखा स्वास्थ्यबारे ख्याल गरौँ”, डा स्थापित भन्नुहुन्छ ।

    विकशित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।

    उपचार के हो ?

    रेटिनोब्लास्टोमाको उपचार शल्यक्रियाबाट हुन्छ । डा स्थापितले शल्यक्रियाबाट ट्युमरको उपचारका साथै अवस्थाअनुसार किमो थेरापी र रेडियसन पनि आवश्यक हुने बताउनुभयो । शल्यक्रियाबाट नक्कली आँखा प्रत्यारोपणसमेत गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । “आँखा र दृष्टि दुवै बचाउनका लागि समयमा पहिचान हुनु अनिवार्य छ, अस्पताल छिटो आउनुपर्‍यो । रोग लागिसकेपछि लेजर पद्धतिबाट शल्यक्रिया गरिन्छ । यसको उपचार लगातार दुई तीन वर्षसम्म गरिरहनुपर्ने हुन्छ”, डा स्थापित भन्नुहुन्छ ।

    यस रोगबारे पर्याप्त जनचेतना नहुनु र कमजोर आर्थिक अवस्थाका कारण पनि बिरामीले समयमै पहिचान र उपचार पाउन नसकेको नेत्र रोग विशेषज्ञहरू बताउछन् ।

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.