भरतपुर, ११ पुष । Sweat Strength Training System को आयोजनामा चितवनमा पहिलोपटक Sweat Classic 2024 “Strongest in Chitwan” प्रतियोगिता हुने भएको छ । पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ के.जि., ६९ के.जि., ७७ के.जि., ८५ के.जि. मुनी वेट क्याटगोरी, ८५ के.जि.भन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० के.जि.मुनीका वेट क्याटगोरी र ६० के.जि. भन्दा माथि वेट क्याटगोरी गरी ७ वटा वेट क्याटगोरीमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिनुभयो ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की आउने संस्थाका उप–सचिव सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
