माडी जेसीजको पाँचौ पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार दिउसो माडी भिलेज रिसोर्टमा वर्ष २०२५ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
वागमती प्रदेश सांसद माननीय ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माडी जेसीज वर्ष २०२४ का अध्यक्ष सन्तोष भट्टराईले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष ईश्वर रानाभाटलाई पद हस्तान्तरण गर्नुभयो । वर्ष २०२५ को अध्यक्षको पदभार ग्रहण गर्दै रानाभाटले कार्यदक्षता र क्षमताले सम्भव भएसम्म आफ्नो कार्यकाललाई सफल बनाउने बताउनुभयो । यस्तै अध्यक्ष रानाभाटले आफ्नो कार्यकालमा ‘समुन्नत सम्माजका लागि नेतृत्व ’ अघि बढाईने पनि बताउनुभयो ।
माडी जेसिजले हरेक बर्ष अध्यक्षको पदस्थापनाका अवसर पार्दै कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका माडीका एकजना सफल युवालाई सम्मान गर्ने क्रममा यसबर्ष डा. काफ्लेलाई स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदरस्वरुप सम्मान गरिएको थियो।
माडी-७, देबेन्द्रपुर निवासी डा. काफ्ले, माडीको जनजीवन मा.वि.बाट प्रवेशिका, अर्किड कलेज भरतपुरबाट प्लस टु र भारतको राजस्थानबाट एमबिबिएस तथा चण्डीगढबाट एम.डी. पुरा गर्नुभई हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मानसिक रोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
डा. काफ्लेलाई पदस्थापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल एवं जेसिजका राष्ट्रिय उपाध्यक्षहरु जेसी अभिषेक दुलाल, जेसी सुबास गौतम, जेसी सुजन थापा काजी, माडी जेसीजका संस्थापक अध्यक्ष जेसी रुद्रप्रसाद सापकोटा लगायतले सम्मानपत्र प्रदान गर्नुभयो । माडी जेसिजले गतबर्ष कृषि बैज्ञानिक डा. भानिश्वर पोखरेललाई सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद ढकालले जेसीज स्थापना गर्नु भएकोमा संस्थापक अध्यक्षलाई धन्यवाद दिनु भयो । माडी जेसीजका सदस्य हरुले गर्ने ब्यबहार देखेर हर्स लाग्ने गरेको बताउनु भयो प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । उहाँले जेसिजलाई सधै आफ्नो साथ र सहयोग रहने धारणा राख्नुभयो ।उहाँले वर्ष २०२५ का अध्यक्ष रानाभाटलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै वर्ष २०२४ का अध्यक्ष सन्तोष भट्टराईले आफ्नो कार्यक्रलमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सोही अवसरमा भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत वितरण गर्नुभयो ।
मँङसिर १ गते सम्पन्न माडी जेसीजको ६औँ शाखा अधिवेशनबाट रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यकारी उपाध्यक्षमा हरी लम्साल र प्रकाश रिजाल, उपाध्यक्षमा उत्तम अधिकारी,रमेश नेपाली, प्रशमा पौडेल र प्रवीण गौतम यसै गरी निर्देशकमा सन्तोष तिवारी, सूर्य प्रसाद तिमिल्सीना, अर्जुन सापकोटा र राकेश चौधरी निर्वाचित भएका थिए ।
यसैबीच पदभार ग्रहणसँगै अध्यक्ष रानाभाटले कार्यसमितिका विभिन्न पदमा मनोनित गर्नुभएको छ । जस अनुसार रानाभाटले महासचिवमा गोबिन्द ढकाल र कोषाध्यक्षमा प्रकाश सुवेदीलाई मनोनित गर्नुभएको हो ।




