• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मानव र वन्यजन्तुबिचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक : मन्त्री अधिकारी


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताउनुभएको छ ।

    Advertisement

    विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताउनुभयो । कृषि क्षेत्रमा पुर्‍याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    “मानव वन्यजन्तुबिचको द्वन्द्व गम्भीर चुनौतीका रुपमा देखापरेको छ, मानिसको जनसङ्ख्या वृद्धिसँगै वन्यजन्तुको प्राकृति आहार तथा बासस्थान खण्डीकरण र सङ्कुचन भई आहार र बासस्थानको खोजीमा मानववस्तीमा वन्यजन्तु पस्दा द्वन्द्व मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बाँदर, बँदेल, दुम्सी, हात्ती गैँडा जस्ता जनावरले किसानका खेतीबालीमा क्षति पु¥याउने समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो ।

    “बाँदर आतङ्क बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँबस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइँसराइको क्रम आकाशिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभइ देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताउनुभयो ।

    “बाँदरलगायत वन्यजन्तुका कारणले नेपालको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिएको छ, बिगत दुई दशकमा नेपालमा मानव जातिमा देखापरेको ६० प्रतिशत उदीयमान सङ्क्रामक रोगहरु पशुमा सङ्क्रमण भएर देखापरेका छन् । वैज्ञानिक, सामाजिक, आर्थिक र मानवशास्त्रीय अध्ययनमार्फत जोखिम व्यवस्थापन र न्यूनीकरण हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

    मन्त्री अधिकारीले बन्यजन्तुमा रोग निगरानी प्रणाली आवश्यक छ भन्नुभयो । “बन्यजन्तुबाट पशु हुँदै मानवमा रोगको फैलावटलाई रोक्न प्रभावकारी कदम चाल्न आवश्यक छ, जङ्गली जनावर र मानव द्वन्द्व निवारण, समस्याग्रस्त जङ्गली जनावरको उद्धार तथा व्यवस्थापन, जङ्गली जनावरको आनीबानी तथा तिनीहरुबाट मानिसमा सर्ने रोग न्यूनीकरण गर्न जनचेतना जगाउन आवश्यक छ, प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रका किसान, जनप्रतिनिधि, नागरिक समाजसमेतको सहभागितामा जनावर र मानवद्वन्द्व नियन्त्रण सम्बन्धि क्रियाकलापहरु सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ”, उहाँले भन्नुभयो ।

    मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोडिएकाले सबैले हातेमालो गर्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने मन्त्री अधिकारीले बताउनुभयो ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक दिलिप सुब्बाले मानव जनसङ्ख्या वद्धिसँगै बन्यजन्तुले आफ्नो गतिविधि सहज रुपमा गर्न नपाएकाले मानव वन्यजन्तु द्वन्द्व बढेको बताउनुभयो । उहाँले वन्यजन्तुले आफ्नो वासस्थान र सिकार गर्ने क्षेत्रको सङ्कुचन हुँदा मानव वस्तीहरुमा परेर खेतीबाली नोक्सानी गर्ने गरेको भन्दै यसले खाद्य सुरक्षामा चुनौती थपेको बताउनुभयो ।

    नेपालका लागि जापानी राजदूत तामुरा ताकाहिरोले आधुनिक समाजमा बन्यजन्तु व्यवस्थापन ठुलो चुनौती बनेको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले उनीहरुको बासस्थान र सिकार खेल्ने क्षेत्रमा प्रभाव परेको छ भन्दै यो विषयमा छलफल गरेर समाधान गर्नु आवश्यक छ भन्नुभयो । राजदूत ताकाहिरोले जापान र नेपालबिचको सहकार्यमा नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पु¥याएको उल्लेख गर्दै पूर्वाधार विकास, शिक्षा क्षेत्रको विकासका साथै ज्ञानसीपको हस्तान्तरण, स्वास्थ्य सेवाका लागि अस्पतालको स्तरोन्नति, स्वास्थ्य उपकरण, औषधी, र स्वास्थ्य तालिम उपलब्ध गराउने लगायतका काममा निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।

    गोष्ठीमा जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजकीले जलवायु परिवर्तनले बढ्दै गएको असर र वन्यजन्तुको द्वन्द्वका कारण नेपालको विविधतामा परेको समस्या समाधानका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन्यजन्तु व्यवस्थापन नेपालको ठुलो समस्या हो भन्दै नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जाइकाले यसतर्फ समन्वय र सहकार्य गरेर सहयोग गर्नसक्ने बताउनुभयो ।

    जेएसपीएस बैंकक कार्यालय थाइल्यान्डका डा. युशिओ ओतानीले नेपाल र जापानबिचको सम्बन्धका माध्यमबाट वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपको हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । रासस

    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.