भरतपुर – माडी जेसीज वर्ष २०२५ को प्रकरण “समुन्नत समाजका लागि नेतृत्व” लाई आत्मसाथ गर्दै व्यवसायिक साझेदारी विस्तार गर्ने अभियानमा अघि बढेको छ। यस अन्तर्गत, विभिन्न व्यवसायीहरूसँग सहकार्य गर्दै प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गर्ने क्रममा भरतपुर-१०, हस्पिटल रोडमा अवस्थित जय बुद्ध डेन्टल का सञ्चालक विपिन कँडेल ज्यूसँग सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौता अनुसार, जेसीज सदस्यहरूलाई जय बुद्ध डेन्टलमा २०% छुट प्रदान गरिनेछ। साथै, यस व्यवसायबाट प्राप्त हुने रकमको १०% माडी जेसीजलाई विभिन्न कार्यक्रम समन्वय गर्न प्रदान गरिनेछ।
माडी जेसीजका अध्यक्ष इश्वर रानाभाटले जय बुद्ध डेन्टललाई विशिष्ट साझेदारको रूपमा स्वीकार गर्दै कँडेल ज्युलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, यस सहकार्यले पारस्परिक व्यवसायिक लाभ पुर्याउने विश्वास व्यक्त गरिएको छ। माडी जेसीजले जय बुद्ध डेन्टलको व्यवसायलाई थप उचाइमा पुर्याउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।
