चितवन, माघ १८ । नहर एरिया टोलबाट मृगौला पीडित मनोज पाण्डेको उपचारका लागि सङ्कलित रकम हिजो उहाँकै बुबा पुरुषोत्तम पाण्डे तथा मनोज पाण्डे बचाउ अभियानका संयोजक शान्ति इन्द्रेणी टोलका उपाध्यक्ष श्री शम्भु पाख्रिनको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा मनोज पाण्डे बचाउ अभियानका कार्यसमिति सदस्यहरू, ज्ञान दर्शन टोलका अध्यक्ष श्री इन्दिरा बराल, दोभान टोलका अध्यक्ष श्री दिबाकर ढकाल, चित्र सेन टोलका अध्यक्ष श्री चिन्तामणि गौतम, नहर एरिया टोलका कार्यसमिति सदस्यहरू, आमा समुदायका कार्यसमिति तथा सल्लाहकारज्यूहरू लगायत स्थानीय टोलबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहयोगस्वरूप सङ्कलित रु १८,०००/- (अठार हजार रुपैयाँ) आमा समूहकी अध्यक्ष श्रीमती गंगा देवी कंडेलज्यूले बचाउ अभियानका संयोजक श्री शम्भु पाख्रिमज्युलाई हस्तान्तरण गर्नुभएको थियो।
यस सहयोग अभियानमा सहभागी भई आर्थिक एवं नैतिक समर्थन प्रदान गर्ने सम्पूर्ण मनकारी टोलबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।
