देवघाट गुरूङ्ग (तमू) समाजद्वारा शनिबार देवघाट गाउँपालिकाको सिटिहलमा एकदिने संस्कृति संस्कार र भाषा लिपि अनुशिक्षण तालिमूसम्पन्न भएको छ । उक्त तालिम कार्यक्रमका प्रमुख अतिथि एवं सल्लाहकार देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियोे । साथै सो एकदिने तालिमको तमू भाषा संस्कार संस्कृतिको संरक्षक ठाकुर जंङ्ग गुरूङले प्रशिक्षण दिनुभएको थियोे ।
कार्यक्रममा देवघाट गाउँपालिका वडा-१ का अध्यक्ष मनिराज गुरूङ,वडा- ४ का अध्यक्ष मित्रलाल गुरूङ,वडा नम्बर-५ का पूर्व वडाअध्यक्ष याल बहादुर गुरूङ,वडा नम्बर- ४ का पूर्व वडा अध्यक्ष पदम गुरूङ,वडा- ५ सदस्य कमला गुरूङ,तमू प्ये ल्हु संघका प्रतिनिधि तमू ह्युल छोज धिं का प्रतिनिधि तथा सल्लाहकार, देवघाट गुरूङ्ग (तमू) समाजका सल्लाहकारहरू समितिका पदाधिकारीहरू लगायत देवघाट गाउँपालिका भरिका सम्पूर्ण गुरूङ्ग९तमू० को सहभागीता रहेको थियोे ।



