चितवन, २०८१ माघ २२ गते (२०२५ फेब्रुअरी ४) – ६/८ गोर्खा राईफल नागुन चितवन/नवलपुर द्वारा आयोजित ६/८ जि.आर पल्टनको ७७औं जन्मदिवस (Raising Day) समारोह आज नवलपरासी कावासोती स्थित पानस ब्याङ्कट पाटि प्यालेसमा कप्तान बिमल कुमार लामाको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि कप्तान टेक बहादुर गुरुङ र विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष सुबेदार तिल प्रसाद अधिकारी, सुबेदार सुक बहादुर गुरुङ, सुबेदार धन बहादुर गुरुङ, श्रीमती टीका सरा सिङ्जाली, श्रीमती मन माया गुरुङ, हवल्दार मन बहादुर तमाङ्ग र हवल्दार दिल बहादुर साठिघरे लगायत भूतपूर्व नागुन परिवारका सदस्यहरु उपस्थित थिए।
सभाध्यक्ष कप्तान बिमल कुमार लामाले उपस्थित सबै अतिथिहरुलाई स्वागत र सम्मान व्यक्त गर्दै ६/८ गोर्खा पल्टनले जन्मदिवस लगायत विभिन्न महत्त्वपूर्ण कार्यहरु गर्दै आएको बताए। उनले भूतपूर्व नागुन परिवारका सदस्यहरुको सुख-दुःखमा संस्थाले सधैं साथ दिने र दिइराखेको बताउँदै सबैलाई संस्थामा जोडिन र एकताको साथ संस्थालाई अझ बलियो बनाउन आह्वान गरे।
उनले यस संगठनलाई बलियो र एकताबद्ध बनाउन सबैको सहयोग, सल्लाह र सुझावको आवश्यकता रहेको जनाएर कार्यक्रमलाई समापन गरे। वृद्धहरु र नयाँ पिन्सिन पाउने सदस्यहरुलाई दोसल्ला लगाई सम्मान कार्यक्रम पनि थियोे ।
यसरी नै, ६/८ गोर्खा राईफल नागुन चितवन/नवलपुरले आफ्नो ७७औं जन्मदिवस मनाउँदै भूतपूर्व नागुन परिवारका सदस्यहरुसँग एकताको सन्देश प्रसारण गरेको छ। संस्थाले आगामी दिनहरुमा पनि यसैगरी समाज सेवा र एकताको कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ।
