चितवनमा सन् २०१५ मा स्थापना भएको मेरो किनमेलले नेपालका प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। बुटवल, हेटौंडा, वीरगञ्ज, विराटनगर, र इटहरीमा सफलतापूर्वक सेवा प्रदान गरिसकेको कम्पनीले अब फागुन ९, २०८१ बाट नेपालगञ्जमा पनि आफ्नो फुड डेलिवेरी वितरण सेवा सुरु गर्ने घोषणा गरेको छ।
नेपालगञ्जमा सेवा विस्तारसँगै, स्थानीय उपभोक्ताले मेरो किनमेल मार्फत सजिलै आफ्ना मनपर्ने परिकार अर्डर गर्न सक्नेछन्। कम्पनीले विभिन्न लोकप्रिय र स्थानीय रेस्टुरेन्टहरूसँग सहकार्य गरी छिटो र भरपर्दो खाजा, खाना होम डेलिवेरी सेवा प्रदान गर्नेछ। ग्राहकहरूले मोबाइल एप वा वेबसाइटमार्फत अर्डर गर्न सक्नेछन्, जसले समय बचत गर्नेछ।
मेरो किनमेलले केवल सीमित सहरहरूमा मात्र सिमित नरही, नेपालकै अग्रणी खाद्य वितरण कम्पनी बन्ने लक्ष्य राखेको छ। प्रतिस्पर्धी बजारमा डिजिटल प्रविधि, ग्राहक सन्तुष्टि, र प्रभावकारी सेवा प्रणालीलाई प्राथमिकता दिँदै, कम्पनीले आफ्नो पहुँच अझ विस्तार गर्दै जाने योजना बनाएको छ।
मेरो किनमेलले नेपालका अन्य प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना बनाइरहेको छ। कम्पनीले आधुनिक प्रविधिको उपयोग गर्दै छिटो, भरपर्दो र सुविधाजनक खाद्य वितरण सेवा दिन प्रतिबद्ध छ।
नेपालगञ्जमा नयाँ सेवा सञ्चालनले उपभोक्ता, स्थानीय व्यवसायी, र खाद्य उद्योगलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। ग्राहकहरूको मागलाई ध्यानमा राख्दै, मेरो किनमेलले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
