चितवन, २०२५ – माडी जेसीजले वर्ष २०२५ को प्रकरण “समुन्नत समाजका लागी नेतृत्व” लाई आत्मसाथ गर्दै युवालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले विभिन्न संस्थाहरुसंग समझदारी पत्र (MOU) गरेको छ। यस अन्तर्गत माडीमा छरिएर रहेका १८ देखि ४० वर्षका युवा समुहहरुलाई उघमशीलता सम्बन्धी तालिमहरु संचालन गरी उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य राखिएको छ।
यस साझेदारीमा प्रदेश युवा परिषद् र माडी जेसीजले संयुक्त रुपमा कार्यक्रमहरु समन्वय गर्ने जिम्मेवारी लिनेछन्। समझदारी पत्रमा प्रदेश युवा परिषद् चितवन जिल्ला अध्यक्ष श्री रामचन्द लम्साल र माडी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट ज्युले संयुक्त हस्ताक्षर गरेका थिए।
सम्झौता सम्पन्न गर्ने कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी सुवास गौतम ज्यु र माडी जेसीज बर्ष २०२५ का कानुनी सल्लाकार, महासचिव र उपाध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो।
माडी जेसीजले यस साझेदारीबाट युवाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने र उनीहरुको उघमशीलता थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ। संस्थाले यस अवसरमा सहभागी सबैलाई आभार प्रकट गर्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग मागेको छ।
यसरी युवालाई सशक्त बनाउने र उनीहरुको क्षमता विकास गर्ने यो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
