• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दुम्किवास–त्रिवेणी नाका खोल्ने प्रक्रिया अघि बढेको छ : मुख्यमन्त्री पाण्डे


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हुलाकी राजमार्गअन्तर्गत नवलपुरको दुम्कीवास–त्रिवेणी नाका खोल्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । मध्यविन्दु प्रादेशिक अस्पतालको उद्घाटन गर्न यहाँ आउनुभएका मुख्यमन्त्री पाण्डेसँग बुधबार नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

    Advertisement

    आठ किलो मिटर बाटो नखुल्दा त्रिवेणीका वासिन्दाले झण्डै ६० किलो मिटेर घुमेर यात्रा गर्नु पर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार तत्काल नाका खोल्न सकारात्मक रहेको र प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो ।

    राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागले वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) गर्न स्वीकृति दिएकाले ईआइए लगत्तै डीपीआर तयार हुने बताउनुभयो । यो सबै प्रक्रिया पूरा गरेर बाटो खोल्न समय लाग्ने भए त्यसअघि बाटो सफा गरेर तत्कालका लागि हल्का सवारी साधान चल्न सक्ने बताउने काम पनि अघि बढेको उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश मन्त्रिपरिषदबाट निर्णय गरेर सङ्घीय सरकारलाई पठाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

    ‘‘वन मन्त्रालयका सचिव र विभागका महानिर्देशक लगायतसँग पनि छलफल गरी प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गरी सहजिकरण गरिदिन आग्रह गर्दै सङ्घीय मन्त्रिपरिषदमा फाइल पठाएका छौं,’’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘सायद सरकारले अध्ययन गर्दै होला, छिट्टै निर्णय आउने अपेक्षामा छौं ।’’

    हुलाकी राजमार्ग भए पनि यो प्रदेशका लागि महत्वपूर्ण भएकाले प्रदेश मातहत ल्याउन पनि पहल गरिने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समस्या समाधान समितिको बैठकमा पनि पटक पटक कुरा राखेको, व्यक्तिगत भेटघाटहरुमा पनि प्रधानमन्त्री र अन्य सरोकारवालालाई जानकारी गराएको बताउनुभयो ।

    २०६२ सालदेखि सुरु गरिएको उक्त सडकखण्ड २०६३ सालमा ट्रयाक पुरा भएको थियो । २० किलोमिटरको उक्त सडक खण्डमा २०६३ सालको फागुनमा झण्डै एक हप्तासम्म सामान्य सवारी साधन पनि चलेका थिए । तर थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन पनि चल्न नसक्दा पानी र पहिरोले बाटो बिगार्दै गएपछि अहिले यो ८ किलोमिटरको बाटोको निसाना पनि मेटिँदै गएको छ ।

    हुलाकी सडक खण्डले चिनिने उक्त बाटो २०६३ सालमा गजेन्द्र मोक्ष धामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित तत्कालिन १४ गाविसका जनता मिलेर ट्रयाक खोली निर्माण सुरु भएको थियो । तर हालसम्म पनि बाटोले गति नलिएपछि स्थानीय निक्कै चिन्तित बनेका छन् र उनीहरुले आफूहरुलाई लुम्बिनी प्रदेशमा गाभिदिन आग्रह गर्दै बाटो सञ्चालनमा नल्याए प्रदेश परिवर्तनको माग राखेर आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।

    यही आठ किलो मिटर बाटो बन्न नसक्दा त्रिवेणीका बासिन्दा आफ्नै गाउँपालिका जान वा जिल्ला सदरमुकाम कावासोती र प्रदेशको राजधानी आवतजावतका लागि लुम्बिनी प्रदेशको नवलपरासी भएर ६० किलोमिटर लामो बाटो हिँड्नु पर्ने बाध्यता छ ।

    प्रदेशकै ‘लाइफलाइन’ मानिएको यो नाकाले दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्ने त्रिदेशीय नाका भएकाले गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ । तर त्रिवेणीको ८ किलोमिटरमध्ये केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीवास सडक खण्ड बन्न सकेको छैन ।

    यो नाका खुलाउन सकेमा गण्डकी प्रदेशका लागि मात्र नभए समग्र मुलुककै लागि प्रभावकारी हुने र लाभ दिन सक्ने बताउनुहुन्छ । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसाल ।

    यो सडक खण्ड सञ्चालनमा आएमा त्रिवेणी धामबाट दुम्कीवास आउनलाई अहिले प्रयोग हुने गरेको समयको ७५ प्रतिशत बचत हुनेछ । भारतसँग सहजै जोडिन सक्ने र भन्सारसमेत सञ्चालन हुने भएकाले यसलाई विशेष चासो दिएर पक्की सडक बनाउन स्थानीयले माग गरेका छन् । गोरखापत्र अनलाइनबाट

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.