• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच सम्झौता चितवनको कृषि विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौतामा उल्लेख


  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच कृषि तथा वन विश्वविद्यालयको कार्यालयमा वसी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
    सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै कृषि तथा वन विश्वविद्यालयका उपकुलपती प्रा.डा शारदा थपलियाले कृषि तथा वन विश्वविद्यालयले कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र सेवाहरूमा उत्कृष्टताको केन्द्र बन्न प्रयासरत रहिरहेको बताउँदै उहाँले विश्वविद्यालयले ग्रामीण सामाजिक–आर्थिक अवस्था सुधार गर्न कृषि र कृषि सम्बद्ध विज्ञानहरूमा दक्ष पेशेवरहरू विकास गर्दै रोजगारी सृजनाका साथै प्रदान गर्दै आईरहेको बताउनुभएको थियो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त अनुसन्धान सञ्चालन गर्दै आएको जानकारी गराउँदै नीति विकास र तालिम सहित सम्बन्धित सरकारी संस्थाहरूलाई व्यावसायिक सेवाहरू समेत प्रदान गर्दै आएको बताउनुभएको थियो । कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूले कृषि समुदायमा उत्पादकत्व वृद्धि गर्न र दिगो जीविकोपार्जन प्रणाली सिर्जना गर्न कृषि चुनौतीहरूलाई सम्बोधन गर्ने ज्ञान र प्रविधिहरू उत्पादन गर्दै आईरहेको बताउँदै अवको कृषि विकासमा उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेर अगाढी बढ्दा चितवनको कृषि विकासले फड्को मार्ने विश्वास व्यक्त गनुभएको थियो ।
    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले मूख्यत चार क्षेत्रहरु शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै उहाले सूचना प्रविधिको विकासमा पनि संघ लागिरेको बताउँनुभयो । संघले व्यावसायिक समुदायको हितको संरक्षण र प्रवद्र्धन गर्नुका साथै जिल्लामा सामाजिक कार्यहरूमा निजी क्षेत्रलाई परिचालन गर्न र आफ्ना सदस्यहरूमाझ चेतना जगाउन हरसम्भव प्रयास गर्दै आईरहेको बताउँनुभएको थियो । उहाँले सरकारी र गैर–सरकारी संस्थाहरू समन्यवमा सदस्यहरूलाई आवश्यकतामा आधारित सेवाहरू प्रदान गर्दै तालिम, कार्यशाला र सेमिनारहरू सञ्चालन गरेर आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै आईरहेको बताउनुभएको थियो ।

    Advertisement


    उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच भएको सम्झौता पत्रमा कृषि, पशु चिकित्सा विज्ञान, मत्स्य पालन र कृषि व्यवसायमा अनुसन्धान, नवप्रवर्तन र सीप विकासलाई प्रवद्र्धन गर्ने । दिगो आर्थिक वृद्धिको लागि उद्योग–शिक्षा सम्बन्धलाई सुदृढ पार्ने । कृषि तथा पशुधन क्षेत्रमा प्रवद्र्धन गर्नु, बजार सम्बन्ध र उद्यमशीलताको विकास गर्न, व्यवसाय इन्क्युबेशन केन्द्रहरू स्थापना गर्न, किसान, उद्योग र अर्थतन्त्रलाई फाइदा पुग्ने नीति र अभ्यासहरूको वकालत गर्न, कृषि सम्बन्ध व्यवसायीहरुलाई तालिम सेमिनार सञ्चालन गर्ने, लगायत कृषि सम्बन्ध कार्य तथा विकासका लागि दुवै संस्था मिलेर लाग्ने सम्झौतामा उल्लेख रहेको छ ।
    उक्त सम्झौता पत्रमा कृषि तथा वन विश्वविद्यालयको तर्फबाट उपकुलपती प्रा. डा. शारदा थपलियाले हस्ताक्षर गनुएभएको छ भने उद्योग वाणिज्य संघ – चितवनको तर्फबाट संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष राजेन्द्र ओली र कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.