• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मेड इन नेपाल एक्स्पो सफलतापूर्वक सम्पन्न, उत्कृष्ट ‘स्टार्टअप’लाई ५० हजार


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • सकियो मेड इन नेपाल एक्स्पो, चितवन रिसर्च एण्ड इनोभेसनले पायो ५० हजार
    मेड इन नेपाल एक्स्पोः कोशिस कोइरालाले पाए ५० हजार पुरस्कार

    Advertisement

    चितवन । नयाँ वर्ष २०८२ सालको अवसरमा नारायणगढको क्याम्पा चौरमा आयोजित ‘मेड इन नेपाल एक्स्पो एण्ड फुडफेस्टिबल’ मंगलवार सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले एक्स्पो एण्ड फुड फेस्टिबल सफल भएको बताएको छ ।

    चैत २९ गतेदेखि बैशाख २ गतेसम्म भएको एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वदेशी वस्तु तथा सेवाको प्रदर्शनी र साँझ ६ बजेपछि कन्सर्ट भएको थियो । ३० हजार भन्दा बढीले एक्स्पो एण्ड फुड फेस्टिबल अवलोकन गरेको आयोजकले बताएको छ ।
    मंगलबार एक कार्यक्रमका बीच एक्स्पोको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले एक्स्पोलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । संस्थाको उद्धेश्य अनुसार एक्स्पो सफल भएको भन्दै उनले आगामी दिनलाई एक्स्पोलाई अझ व्यवस्थित बनाउँदै लगिने बताए । समापन कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष निर्देश सेढाई, पूर्वअध्यक्षहरु निरञ्जन न्यौपाने, सूर्यभक्त अधिकारी लगायत सहभागी थिए ।

    एक्स्पोमा सहभागी १० वटा स्टार्टअप अर्थात् नवप्रवर्तन व्यवसायमध्ये सर्वाेत्कृष्ट घोषित भएको चितवन रिसर्च एण्ड इनोभेसन सेन्टरले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका प्रथम उपाध्यक्ष निशान पौडेलले जानकारी दिए । रत्ननगर–१ स्थित चितवन रिसर्च एण्ड इनोभेसन सेन्टरका सञ्चालक कोशिस कोइरालालाई मञ्चका अध्यक्ष श्रेष्ठ र संस्थापक अध्यक्ष सेढाईले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    एक्स्पोमा करिब १०० वटा स्टल रहेकामा १० वटा स्टल स्टार्टअप व्यवसायका थिए । एक्स्पोमा सहभागी १० वटा स्टार्टअप मध्येबाट उत्कृष्ट चारलाई फाइनल चरणको प्रतिस्पर्धामा प्रवेश गराइएको थियो । चार स्टार्टअपका सञ्चालकले निर्णायकहरु समक्ष आइडिया प्रस्तुत गरेपछि एउटालाई विजेता घोषणा गरिएको हो । उत्कृष्ट चारमा बरमाला, चितवन रिसर्च एण्ड इनोभेसन सेन्टर, पुनः थ्रिफ्ट स्टोर र ग्रिनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले पत्रिकाबाट बनाएको पेन्सिल व्यवसाय परेका थिए ।
    पुरस्कार विजेता कोइरालाले पेट्रोल र डिजेलबाट चल्ने पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरेका छन् । उनले स्कुटर, मारुती भ्यान र सफारीमा प्रयोग हुने जिपलाई परिवर्तन गरी विद्युतीय बनाएका हुन् । तर, यसरी स्पेसिफिकेशन परिवर्तन गरिएका गाडी दर्ता गर्न नेपालमा कानुन बनाइएको छैन । चार वटा स्टार्टअपबाट पनि उत्कृष्ट एउटा स्टार्टअप छनोट गर्ने निर्णायकहरुमा मञ्चका द्धितिय उपाध्यक्ष एवम् मेरो किनमेलका सञ्चालक सन्तोष कँडेल, सिए सन्तोष रेग्मी र पेट्रोलियम डिलर्स एशोसियसन चितवनकी अध्यक्ष शर्मिला सेढाई रहेका थिए ।
    कन्सर्टमा मंगलबार गायिका ज्योती मगरको प्रस्तुती रहेको थियो । त्यस्तै, ‘उदय एण्ड झक्कास’, ‘अध्याय’ र ‘द इरेज’ व्याण्डको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धनसँगै मनोरञ्जनको लागि ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आयोजना गरिएको हो । फुड फेस्टिबलमा व्यवसायीले थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको पस्किएका थिए ।

    त्यस्तै, एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी भएका थिए । उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र समाधानका उपाय खोज्न एक्स्पोमा बिजनेश कन्क्लेभ अन्तर्गत विभिन्न विषयका विज्ञहरुलाई बोलाएर प्यानल छलफल पनि गरिएको थियो ।

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.