राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगर नगर समितिको अध्यक्षमा सन्तोष लामा विजयी हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा सन्तोष लामाले प्रतिस्पर्धी हरिशरण भट्टराईलाई दुई मतको झिनो अन्तरले हराउदै विजयी भएका हुन् ।
२३४ कुल मतदातामध्ये १९३ मत खसेकोमा लामाले ९२ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी भट्टराईले ९० मत पाउनु भएको थियो। त्यस्तै ११ मत बदर भएको निर्वाचन समिति संयोवक अधिवक्ता चुडामणी सापकोटाले जानकारी दिनुभयो ।
राप्रपाको रत्ननगर नगर समितिको आगामी नेतृत्व र दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष लामाले प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष लामाले अन्य पदाधिकारीहरू मनोनित गरि नगर समितिको कार्यदिशालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनु भयो ।
शनिबार मध्यान्ह ०१ बजेदेखि साँझ ५ः०० बजेसम्म चलेको मतदान प्रक्रिया निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको राप्रपाले बताएको छ । सुरूमा पाँच जना उमेदवारले मनोनयन दर्ता गराए पनि श्याम पोख्रेल, नारायण कार्की र रामजी महतोले उमेदवारी फिर्ता लिएपछि लामा र भट्टराईबीच कडा प्रतिस्पर्धा भएको थियो ।
नगर समिति सदस्यमा रुद्रप्रसाद ढकाल, मधुव कुमार भट्टराई ,राजेन्द्र लामा, दुर्गा कुमारी घिमिरे, आनन्द प्रसाद सुवेदी,हिरालाल खतिवडा, भजुराम महतो, बलराम शर्मा खनाल, हरि प्रसाद अधिकारी ,डिल्लीप्रसाद गौतम, हरि गोपाल सिम्खडा , बिजेन्द्र राज पाठक, निश्चल तिवारी , राजेश्वर खतिवडा , पार्वती देबी मगर, मिना प्रधान महतो , बिमला थापा , गणेशजङ्ग रायमाझी , गोविन्द प्रसाद अधिकारी , उर्मिला पासवान सर्वसम्मत चयन भएका छन् ।

