• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वातावरणीय न्यायको पक्षमा आवाज बुलन्द गर्न अध्यक्ष दाहालको आग्रह


  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

    Advertisement

    विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषिप्रधान मुलुकमा वातावरणमैत्री जीवनशैली विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

    तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको मुलुकमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर बन्दै गएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्लास्टिकको प्रयोग कम गर्न र पुनःप्रयोगलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली विकास गर्न र वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा आग्रह गर्दछु ।”

    आजको आवश्यकता वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा खबरदारी गर्दै सक्रियता बढाउनु रहेको अध्यक्ष दाहालको भनाइ छ । “हिमाल, हिमशृङ्खला र हिमाली जनजीवन जोगाउन, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

    सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहर व्यवस्थापन जटिल चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले प्लास्टिकजन्य प्रदूषण आजको प्रतिस्पर्धी पुँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम भएको धारणा राख्नुभयो ।

    “प्लास्टिकजन्य प्रदूषण वातावरणीय सन्तुलन बिग्रनुका साथै जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीमा दीर्घकालीन असर पु¥याइरहेको छ, त्यसैले यो समस्या समाधान गर्न सबै सरोकार भएका निकाय एकजुट भएर समन्वय गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

    पूर्वप्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय सुरक्षासम्बन्धी विषयवस्तुलाई नीति निर्माणको मुद्दा बनाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असर, क्षतिपूर्तिलगायत जलवायु न्यायका विषयमा दृढतापूर्वक आवज उठाउँदै आएको स्मरण गर्नुभयो ।

    पर्वतीय मुलुकको समस्या, हरित ऊर्जा, जलवायु अनुकुलन रणनीति र वातावरणमैत्री नीतिहरूलाई केन्द्रमा राख्दै नेपाललाई हरित विकासको मार्गमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आज ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसका संसारभर मनाइँदैछ । रासस

    बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.