• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा


  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • सुनमा लगाइएको दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सुनका गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करका अतिरिक्त दुई प्रतिशत विलासिता करसमेत लगाउने भएको छ ।

    Advertisement

    आव २०८२/८३ को बजेटमार्फत सुन चाँदीमा दुई प्रतिशत विलासिता कर, हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर पर्न गएको हो । विलासिताका करका कारण सुनका गहना खरिद थप महँगो हुने भएको छ । यसले बजारमा सुनको कारोबार घट्न थालेपछि व्यवसायीलाई समेत असर पर्न गएको हो ।

    चालु आव २०८१/८२ को बजेटमा १० लाख रुपियाँ बराबरको गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिता कर लाग्ने गरेको थियो । आगामी आवको बजेटमार्फत जुनसुकै परिमाणमा सुन गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिताको कर लाग्ने व्यवस्था गरिएको छ ।

    सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनमा लगाइएको विलासिता करले उपभोक्ता र व्यवसायीलाई सिधै मार परेको बताउनुभयो । सरकारले राजस्व सङ्कलन गर्ने नाममा सुनको कारोबारमा दोहोरो कर लगाउँदा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको शाक्यको भनाइ छ ।

    “सुनको मूल्य बढेर दुई लाखनजिक पुगेर बजारमा माग नभई कारोबार नै घटेको अवस्था छ,” शाक्यले भन्नुभयो “यस्तो अवस्थामा थप विलासिता कर लगाउँदा सुनचाँदी व्यवसाय बन्द गर्नुपर्ने अवस्था भएकाले तत्काल सरकारले यसलाई पुनर्विचार गरेर तत्काल हटाउनु पर्छ ।”

    महासङ्घका अनुसार पछिल्लो समय

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभावले स्थानीय बजारमा सुनको कारोबार ९० प्रतिशतले घटेको छ । निरन्तर मूल्य बढेका कारण बजारमा सुनको माग दैनिक पाँचदेखि १० किलो पनि नभएको शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यक पर्नेले पुराना गहना ल्याएर थपेर नयाँ लिएर जाने गरेको र यस्तो अवस्थामा करले थप मार पारेको छ ।”

    हाल मुख्य मुख्य सहरका पसलमा फाट्टफुट्ट सुनको कारोबार भए पनि भित्री सुन पसल भने ठप्प अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

    महासङ्घका अनुसार निरन्तर सुनको मूल्य बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति न्यून हुँदा सुनचाँदीको कारोबार बढ्न सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

    विलासिता कर र भ्याट हटाउन माग

    यसैबिच नेपाल सुनचाँदी व्यवसायीले सुनचाँदीमा लगाइएको विलासिता कर र भ्याट खारेजीको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । आगामी आवको बजेटमा सुनचाँदीमा दुई प्रतिशत विलासिता कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत भ्याट लगाइएकोमा सो कर खारेजीको माग गर्दै व्यवसायी विरोधमा उत्रेका हुन् । ‘सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगडमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर व्यवसायी प्रदर्शनमा उत्रिएका थिए ।

    मूल्य तीन हजार घट्यो

    साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपियाँले घटेको छ । निरन्तर बढ्दै गएको सुनको मूल्य आइतबार घटेर प्रतितोला एक लाख ९० हजार सात सय रुपियाँ कारोबार भएको महासङ्घले जनाएको छ । गत शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको मूल्यसमेत सामान्य घटेर प्रतितोला दुई हजार १४५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.