चितवन । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा ‘ प्रथम ऐतिहासिक रक्तदान महोत्सव ’ हुने भएको छ । चितवनको भरतपुरमा ब्लड डोनर्स सोसाइटी चितवनले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा चितवनको भरतपुर महानगरपालिका -१०, उद्योग संघमा जेठ ३१ गते शनिबार, बिहान ०७:०० बजेदेखि १ हजार ५ सय बढी पिन्ट रगत संकलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो ।
उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उप – समितिहरु गठन गरेको छ । जस अन्तर्गत आर्थिक संकलन उप – समिति संयोजक अभिषेक अधिकारी, प्रचारप्रचार उप – समिति संयोजक विपिन पाठक, यातायात उप – समिति संयोजक नारायण प्रसाद न्यौपाने, प्राविधिक उप – समिति संयोजक रमेश नेपाल रहने व्यवस्था गरेको छ । यसैगरी, अतिथि सत्कार उप – समिति संयोजक सिर्जना कण्डेल, मञ्च तथा स्वयंसेवक परिचालन समिति संयोजक अन्जन दवाडी, खाजा / खाना व्यवस्थापन उप – समिति दिपक घिमिरे रहने व्यवस्था गरेको छ । रक्तदान सम्बन्धि सचेतना जागृत गर्ने तथा नयाँ रक्तदाताहरूलाई उत्साहित गर्दै मानवीय सेवामा लाग्न थप ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ ।
त्यस्तै, उक्त महोत्सवको सह – आयोजकको रुपमा जनस्वास्थ्य कार्यालय चितवन तथा मनकामना फोटोग्राफी रहेका छन्, भने सहकार्यको रुपमा ग्रीनल्याण्ड पब्लिक स्कुल तथा चितवन केक हाउस रहेका छन् । त्यसैगरी, उक्त महोत्सवमा रक्तदान गर्ने मध्ये लक्की ड्र मार्फत एक जनालाई सोफा हव चितवनको तर्फबाट आकर्षक सोफा र एक जनालाई न्यू साजन टेलर्सको तर्फबाट आकर्षक कोट पाइन्ट प्रदान गर्ने आयोजकले जनाएको छ । साथै रक्तदान गर्ने मध्ये लक्की ड्र मार्फत एक जनालाई आकर्षक मोबाइल प्रदान गरिने छ, भने सर्वाधिक रक्तदाता उपस्थित गराउने ३ वटा संघ / संस्थालाई विशेष उपहार सहित सम्मान गरिने छ । यसैगरी, उक्त महोत्सवलाई मध्ये नजर गर्दै ‘ खुल्ला भिडियो प्रतियोगिता ’ गरिएको छ, जसमा प्रथम हुने एक जनाले ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने आयोजक टिमले जनाएको छ ।
चितवनको भरतपुरमा जेठ ३१ गते नेपालमै पहिलोपटक ‘ ऐतिहासिक रक्तदान महोत्सव ’ हुने
चितवनको भरतपुरमा जेठ ३१ गते नेपालमै पहिलोपटक ‘ ऐतिहासिक रक्तदान महोत्सव ’ हुने
तपाईको प्रतिक्रिया
