• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नारायणकाजी श्रेष्ठले भने-‘१९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौँ र चुनावमा होमिन्छौँ’


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने दाबी गरेका छन् ।

    Advertisement

    आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने बताए ।

    चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्त्वपूर्ण पक्ष भएको बताउँदै श्रेष्ठले भने, ‘२०८४ मा बहुमतको सरकार बनाएर यो देशलाई फेर्ने, फेरिछाड्ने अभियानमा हामी लाग्छौँ । हामी दावाका साथ भन्छौँ, २०८४ मा बहुमतको सरकार माओवादीको, त्यसपछि सामाजिक, आर्थिक रूपान्तरण तीव्र पारिन्छ, फड्कोमा पुर्‍याइन्छ, समृद्ध नेपाल बनाइन्छ, त्यसको प्रतिफल आम जनतालाई दिइन्छ र समाजवादको आधार तयार पारिन्छ ।’

    महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने उनको भनाइ छ । ‘विधानमा हाम्रो केन्द्रीय समिति १९९ सदस्य हुने भनिएको छ । अब हामी महाधिवेशनसम्म पुग्दाखेरि केन्द्रीय समितिलाई पनि नयाँ ढंगले विधानअनुरूप निर्माण गरेर नयाँ फड्को मार्छौँ । त्यसपछि हामी पूरै चुनावको तयारीमा जान्छौँ,’ श्रेष्ठले भने ।

    श्रेष्ठले अगाडि भने, ‘हामी सच्चिन्छौँ भनेर आत्मालोचना गरेर जनतामा जाने पार्टी हो । त्यसकारण हाम्रो पार्टीले नै यो देशको नेतृत्व गरेर आजको राष्ट्रिय कार्यभार पूरा गर्ने र देश बदल्ने सम्भावना छ ।’

    अरु पार्टीको हातमा नेतृत्व गएमा देश बर्बाद हुने दाबी गर्दै श्रेष्ठले चुनावमा जानुअघि नै माओवादी सच्चिने बताए । ‘निर्वाचनको दिनमा आएर १२-१ बजेदेखि टिकट कलाई दिने हो भनेर ठेगान गरेर टिकट पठाउने चलन बन्द गर्नुपर्छ । प्रारम्भदेखि नै निर्वाचनको तयारी गर्नुपर्छ,’ श्रेष्ठले अगाडि भने, ‘अरूभन्दा राम्रो पार्टी हुँदाहुँदै पनि यथास्थितिमा हाम्रो पार्टीलाई राखेर हाम्रो मूल कार्यनीति र रणनीति दुइटै काम गर्न सक्दैनौँ ।’

    त्यसको निम्ति अहिलेको माओवादी बदलिनुपर्ने बताउँदै श्रेष्ठले थपे, ‘खाली हाम्रो पार्टीलाई सरकार बनाउने अवसर दिनुपर्छ मात्रै भनेको होइन । हाम्रो पनि रूपान्तरित, फेरिएको, क्रान्तिकारी र शक्तिशाली नेकपा माओवादी केन्द्रको रूपमा हाम्रो नेतृत्वको कुरा गरेको हो हामीले, यथास्थितिको होइन ।’

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.