• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

हराएको पहिचान खोज्दै कलाकार


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • बिदेसिनु रहर होइन, बाध्यता हो । कोही पारिवारिक कारणले त कोही आर्थिक अवस्था सुधार्न बिदेसिएका छन् । बिदेसिने रोग सर्वसाधारणमा मात्र होइन, नाम चलेका स्थापित कलाकारमा रहेको छ । चलचित्रमा खासै लोभलाग्दो सफलता पाउन नसकेपछि केही नेपाली कलाकार बिदेसिएका छन् । उनीहरूले अनेक व्यवसाय गरेर विदेशमा आफ्नो कर्म गरिरहेका छन् । यद्यपि उनीहरूमा चलचित्रप्रतिको हुटहुटीमा कमी भने आएको छैन । कुनै समय आफूले रमाएको क्षेत्रलाई चटक्क भुल्न सकेका छैनन् चलचित्रकर्मीले । अमेरिका पलायन भएका धेरै कलाकारमा नेपाली चलचित्र बनाउने र अभिनय गर्ने चाहना बढ्दै गएपछि कमब्याक गरिरहेका छन् । कुनै बेला नेपाली चलचित्रका स्थापित कलाकार सरोज खनाल सफलताको चुलीमा रहेकै बेला अमेरिका भासिनुभयो । जन्म जन्म, परिभाषा, सान्नानी, सारङ्गी, प्रेमपिण्ड, मनकामनालगायत दर्जनभन्दा बढी चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुभएका उहाँ २०५४ सालमा अमेरिका पलायन हुनुभएको थियो । उहाँलाई देश प्यारो लागेर हो वा चलचित्रको मायाले डो¥याएर उहाँ यतिबेला चरित्र अभिनेतामा जम्नुभएको छ । अमेरिकाबाट फर्केपछि उहाँ अभिनीत दर्जनभन्दा बढी चलचित्र प्रदर्शन भइसकेका छन् ।

    Advertisement

    केही वर्षअघि अमेरिकाबाट आएर चलचित्र क्षेत्रको आफ्नो पुरानो पहिचानलाई फर्काउने कसरत गरिरहनुभएको छ अभिनेता रमेश उप्रेती । उहाँ निर्मित चलचित्र ‘ऐश्वर्य’ खासै नचले पनि उहाँ अहिले ‘महाराजधिराज’ चलचित्रको तयारीमा जुट्नुभएको छ । अर्का अभिनेता राजवल्लभ कोइराला केही समयअघि चलचित्र ‘एक्टर’ को प्रचारप्रसारका लागि नेपाल आउनुभएको थियो । केही समय नेपाल बसाइपछि उहाँ अमेरिका फर्किनुभयो । लामो अन्तरालपछि उहाँभित्र पनि नेपाली चलचित्रमा अभिनय गर्ने चाहना बढेको थियो । १० वर्षपछि ‘तेल भिसा’ चलचित्रबाट ‘कमब्याक’ गर्नुभएका निर्देशक शङ्कर घिमिरे र नायिका ऋचा घिमिरेले नेपाली चलचित्रमा काम गर्दा एकदमै ऊर्जा महसुस भएको अनुभव सुनाउनुभएको थियो । चलचित्रमा ‘हाइप’ लिने बेलामा दुवै जनालाई अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोप लागेको थियो । दुवैमाथि उजुरी परेपछि चलचित्र प्रदर्शनकै बेला दुवै दम्पती सुटुक्क अमेरिका जानुभयो ।

    चलचित्र नगरीमा चर्चामा धेरै बस्न रुचाउने नायिकामा पर्नुहुन्छ, अरुणिमा लम्साल । उहाँ र कलाकार बिमलेश अधिकारीको १२ शृङ्खलाको सिरिज ‘घर बट् इन अमेरिका’ पनि आउने तयारीमा छ । लामो समयको अमेरिका बसाइपछि दुवै जना त्यसैका लागि नेपाल आउनुभएको थियो । अमेरिका पलायन भएको २० वर्षपछि चलचित्रमा फर्किनुभएकी अभिनेत्री पूजा चन्दले ‘तेल भिसा’ र ‘भुठान’ बाट कमब्याक गर्नुभयो । त्यस्तै भारतमा विवाह गर्नुभएकी नायिका विपना थापा १७ वर्षपछि ‘ह्रस्वदीर्घ’ बाट चलचित्रमा सक्रिय हुन खोज्दै हुनुहुन्छ ।

    निर्देशक ज्ञानेन्द्र देउजा यहाँ चलचित्र बनाउने कुरा सबै सेटिङमा हुने बताउनुहुन्छ । उहाँका अनुसार कोही साथीको अनुरोधमा त कोही श्रीमान् निर्देशक भएको फाइदा उठाएर अभिनयमा होमिएका छन् । यस्तै अवस्थाले चलचित्र क्षेत्र कमजोर भएको उहाँको भनाइ छ । नेपालमा पैसा डुब्छ र आउँदैन भन्ने थाहा हुँदाहुँदै पनि रहरले यस्तो भएको हो । अमेरिकामा बस्ने प्रायः कलाकार एउटै समूहमा बस्छन् । यसले गर्दा पनि चलचित्र बनाउन सजिलो भएको हुन सक्ने उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ, “विदेशबाट आएका कलाकारले खासै तयारी गरेर आएको देखिएन । चलचित्र ‘एक्टर’ मा राजवल्लभबाट दर्शकले ठुलै आशा गरेका थिए तर त्यो आशा निराशामा बदलियो ।”

    निर्माता तथा निर्देशक केपी पाठक भन्नुहुन्छ, “आफूले जे कुरामा सङ्घर्ष ग¥यो त्यो कुराको पहिचान कायम होस् भन्न कलाकार चलचित्रमा पुनः फर्केको हुन सक्छन् ।” उहाँले कलाकारले कुनै बेला आफूले दुःख गरेको कुरालाई कसरी बिर्सन सक्छन् भन्ने प्रश्न गर्दै भन्नुभयो, “यो भनेको हराएको पहिचानलाई स्थापित गर्न खोजेको मात्र हो ।” उहाँले विदेश पलायन भए पनि चलचित्रकर्मीले नेपाली चलचित्रको मौलिकतालाई बिर्सन नसक्ने बताउनुभयो । उनीहरूले विदेशमा आफूलाई स्थापित गरेर पुनः नेपाली चलचित्रमा आउनुलाई राम्रै मान्नुपर्ने बताउनुभयो । नेपालबाट अमेरिका पलायन हुनुभएका चलचित्रकर्मीहरू सुधांशु जोशी, जीवन लुइटेल, विनिता बराल, सुवास थापा, सुशील क्षेत्री, प्रसन्न पौडेल, नीरज बराल, मुकेश ढकाल, विक्रान्त बस्नेत, श्याम भट्टराईलगायतका कलाकार चलचित्रकै माध्यम अपनाउने तयारीमा देखिनुहुन्छ ।

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.